पछिल्लो समय चलचित्र क्षेत्र मिल्ने भन्दा पनि नमिल्ले र एकले अर्कालाई पछार्ने प्रबृतिले गाजिन थालेको छ । आफूले पैसा कमाए पछी बाँकी चलचित्रकर्मीले जेसुकै गरुन् भन्ने प्रबृतिले पनि नेपाली सिनेमाको विजनेस पछिल्ला बर्ष खस्कदै गएको विभिन्न समिक्षकहरुको तर्क रहदै पनि आएको छ ।
एकै समयमा दुई बढी चलचित्र प्रर्दशन त्यसमाथि पनि भारतीय सिनेमाको चक्करले गोल खाएका हाम्रा निर्माताहरु वितरकको मोनोपोलीले पनि साढेको जुधाईमा बाच्छाको मिचाई हुनु परेको नमिठा उदाहरणहरु धेरै छन् । र यस्तै उदाहरण आउदै गरेको तिहारको छेकेमा पुनः देख्न पाईने भएको छ । जुन जुहारीबाट दुई निर्मातालाई ईनिसियल फाईदा पुग्ने कुरामा शंका देखिएको छ ।
कात्तिक ११ गते 'हाम्रो माया जुनीजुनी' लाई सिङगल रिलिज डेट थियो तर वितरकले तिहारको अघिल्लो साता फिल्म बिजेनसमा धक्का पुग्ने भन्दै रोज राणाको चलचित्र 'म छु नि तिम्रो' लाई कार्तिक ३ गतेको डेटबाट ११ गते रिलिज गर्न दवाव दिए र रोजले सवैको सल्लाह मान्दै फिल्मलाई ११ गते रिलिज गर्ने निर्णय गरे । जसकारण एकै दिन दुई राम्रा फिल्म हेर्न दर्शक बाढिने निश्चित छ । किन कि राम्रा फिल्म मेकर रोज र प्रदीपको दुई चलचित्रलाई दर्शकले यस अघि मन पराएका थिए ।
यस्तै रोज र प्रदिपको अघोषित रुपमा सित युद्ध पनि छ । जसकारण यि दुई एक अर्काका दुश्मन भएकाले फिल्म भिडाउने प्रयत्नमा लागेको खबर पनि अहिले चर्चामा छ । जुन युद्ध अघिल्लो प्रोजेक्टमा पनि यि दुईको देखिएको थियो । तर रोज र प्रदीप आफूहरु एक अर्काको दुश्मन नभएको घुमाउरो तर्क गर्छन् । सोफिया सिने आर्टसको ब्यानरमा निर्माण भएको चलचित्र 'म छु नि तिम्रो' मा रोज स्वयम मूख्य भूमिकामा छन् । जसलाई साथ दिएकी छिन् सौजन्य सुब्बाले । एक्सन प्रधान उक्त चलचित्रलाई मदन घिमिरेले निर्देशन गरेका हुन् ।
यस्तै यता सफल निर्देशकले परिचित ऋषि लामिछाने निर्देशित चलचित्र 'हाम्रो माया जुनि जुनीलाई' को रिलिज डेटमा 'म छु नि तिम्रो' ले पनि प्रतिष्पर्धा गर्ने भएपछी आफ्नो प्यानलका प्रदर्शकहरुलाई साथमा लिएर निर्माता प्रदीपले रिलिजको दौडधुपलाई तिब्रता दिएका छन् । आफ्नो फिल्म अरु कसैसंग जुध्न नगएकाले आफूसंग भिड्न आउने चलचित्रबाट कुनै डर नभएको उनको तर्क छ । तर विडम्बना गत भदौको मध्ये तिर रिलिज भएको सलमान खानको फिल्म बडिगार्डले नेपाली फिल्मको विजनेसमा धक्का पुर्याएझै एघार गते नै रिलिज हुन लागेको साहरुख खानको फिल्म रावनले दुई निर्माताको लडाईबाट फाईदा नलेला भन्न सकिन्न ।
यसरी एक विदेशी फिल्मका कारण मेघा प्रोजेक्टका दुई नेपाली फिल्मको बिजनेजमा धक्का लाग्ने सम्भावना पनि त्यतिकै छ । जसको क्षति न्यूनिकरणका लागि चलचित्रसंग सम्बन्धीत संस्थाहरुले समयमै ध्यान दिनु पर्ने देखिन्छ । जसका लागि सम्बन्धीत निर्मातहरुपनि एक अर्काप्रतिको रिस त्यागी आपसी सम्झौतामा आउन जरुरी छ ।