मिति : २०८१ मंसिर १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

चौथो प्रश्नमा आर्यन फेल

फिल्मीखबर, काठमाण्डौ, 2011/10/08

 

अमिताभ बच्चनले कौन बनेगा करोडपतिमा विभिन्न स्टारहरुलाई आमन्त्रित गरी कार्यक्रमको गरिमा बढाएझै एनटीभी प्लसको म्याजिकल थममा  संचारकर्मी दिनेश डीसीले आज साँझको श्रृङखलामा हिरो आर्यन सिग्देललाई पाहुना बनाएका थिए । जहाँ आर्यनलाई दीनेशले पच्चिस हजारका लागि पाँच प्रश्न गर्ने तयारी गरेका थिए । तर आर्यनले तीन प्रश्नलाई सजिलै उत्तर दिएपनि चौथोमा पुगेर उनी फेल खाएका थिए ।
 
 
कार्यक्रम संचालक डीसीले उनलाई चौथो प्रश्न अन्र्तगत सन् २०११को तथ्याङ्गक अनुसार नेपालमा कतिवटा पाँच तारे होटल छन् भन्ने प्रश्न राख्दा आर्यनले १२ वटा छन भनी गलत उत्तर दिएपछी पन्ध्र हजारमा चित्त बुझाउनु परेको थियो । सुरुमा आर्यनलाई नाट्यकर्मी सुनिल पोखरेलको जन्म कुन जिल्लामा भएको थियो भनी प्रश्न गर्दा उनले  खोटाङ्ग भनी सहित उत्तर दिदै पाँच हजार जितेका थिए । यस्तै दोस्रोमा कतिवटा खुट्किलो पार गरेपछी स्वयम्भुनाथको महाचैत्य पुगिन्छ भनी प्रश्न गर्दा आर्यन त्यसमा पनि अब्बल देखिएका थिए । आर्यनले सानो छदा  आमासंग स्वयम्भु जादाको क्षण सम्झदै गेस बहादुर भन्दै ३६० खुड्किलो भनी उत्तर दिएपछी उनको हातमा १०हजारको चेक परेको थियो ।
 

 

यसैगरी तेस्रो  अडियो  प्रश्नमा आकासबाट आयौ कि धर्तीबाट आयौ भन्ने बोलको गीतका गायक को हुन भन्ने प्रश्नमा  आर्यन केही समय कन्फूजनमा परेका थिए तर त्यस प्रश्नको अप्सन  उत्तरहरु स्क्रिनमा आएपछी उनले राजेश पायल राईको स्वर भनी ठोकुवाका साथ उत्तर दिदै पन्ध्र  हजार जितेका थिए । तर चौथो पाँच तारेहोटलको प्रश्नमा उनी लडेका हुन्  । यसैगरी फेल भएपनि बाँकी  रहेको पाँचौ नम्बरको प्रश्नमा बिना पुरस्कार पुनः खेल्दा आर्यन जनरल नलेजमा अब्बल रहेछन् भन्ने प्रमाणित समेत गरिएदिएको थियो  । उनलाई पाँचौ प्रश्न आन्र्तगत  सिदार्थ गौतम कति बर्षको उमेरमा बुद्ध बने भन्ने प्रश्न गरिएको थियो जुन प्रश्नको चारवटा अप्सन उत्तर स्त्रिनमा देखाउन नपाई आर्यनले ३५बर्षको उमेरमा भनी सहि जवाफ दिएका थिए ।  

 

एसएमएस अन्र्तगत जो पनि सहभागी हुन पाउने उक्त कार्यक्रम विगत केही महिना यता संचालनमा आएको हो जुन कार्यक्रम पछिल्लो समय लोकप्रिय समेत भैरहेको छ । र यही लोकप्रियतालाई अझ उचाई दिन दिनेशले आजको लाईभ म्याजिकल थममा आर्यनको बौद्धिकता परिक्षण   गरेका थिए । जहाँ उनले रिलिज भैरहेको आफ्नो फिल्म मेरो लभस्टोरीको  प्रोमोशन गर्न पनि भ्याएका थिए ।