दशैका लागि बन्द भएका चलचित्रसंग सम्बन्धीत सम्पूर्ण संघस्था आजबाट खुल्ला भएका छन् । सप्तमीको अघिल्लो दिन देखि बन्द भएको चलचित्र बिकास बोर्डमा प्रशासनिक काम आजबाट सुचारु भएको छ भने चलचित्र संघ र सेन्सर बोर्डमा पनि प्रशासनिक कार्य सुरु भएको छ ।
यसैगरी आजैबाट चलचित्र प्राविधिकसंघ पनि खुल्ला भएको छ । जस अनुरुप दशैका लागि सुटिङ्ग स्थिगित भएका केही चलचित्रहरुको छायाकंन आजैबाट सुरु हुने छ भने बाकीको भोली देखि । हाल फ्ल्लोरमा रंङ ,रावण, तृष्ण किन किन स्नोफ्लावरस्र मेरो बेष्ट प्रुेण्ड मन पराएँ माया माया गर ल म अनि तिमि छन् । यि मध्ये आधा भन्दा बढी चलचित्रको ९० प्रतिशत छायाकंन सकिएको छ । यसैगरी नक्सालमा रहेको चलचित्र निर्मातासंघको कार्यलय पनि आजबाट खुलेको छ । त्यसैगरी कमलपोखरीमा रहेको निर्देशक समाजको कार्यालय आजबाट खुल्ने बताईएतापनि ताला साचो बोकेका कर्मचारी सम्पर्क विहिन भएकाले मध्यान्न सम्म समाजको मूल ढोकामा ताला लागेको छ । तर समाजका अध्यक्ष केपी पाठकले बेलुकी सम्ममा जसरी भएपनि कार्यालय खोलिने जानकारी दिएका छन् । यसैगरी वितरकसंस्था डिजीटल सिनेमा नेपालको कार्यालय पनि आजबाट खुलेको छ भने अनमानगरमा रहेको चलचित्र कलाकारसंघ भने आउदो बुधबारदेखि मात्र खुल्ने छ ।