आधा दर्जन बढी चलचित्रमा साहायक निर्देशक भएर काम गरेका र केही महिना अघि रिलिज भएको चलचित्र मनपरेपछी बाट निर्देशकमा डेब्यू गरेका सुमन दाहाललाई पुत्र लाभ भएको छ ।
आज बिहान ३ बजे उनको श्रीमती सुजिता सिटौलाले पाटन अस्पतालमा ३ किलोको पुत्र दशै उपहार स्वरुप जन्म दिएकी हुन । सुजितासंग सुमनको २०६४ सालमा मागी विवाह भएको थियो । पछिल्लो समय विज्ञापन निर्देशनमा समेत चर्चा पाएका निर्देशक दाहाल हाल अर्को चलचित्र यो मन निर्देशनको तयारीमा छन् । जुन चलचित्रका लागि साता दिन अघि मात्र थाईल्याण्डका विभिन्न स्थानमा लोकेशन हन्ट गरी उनी काठमाण्डू फर्किएका थिए । जुन चलचित्रबाट निखिल उप्रेतीले पुन: कलिउड कम्ब्याक गर्दैछन् । पहिलो सन्तानका रुपमा छोराको बाबु बनेका दाहाललाई फिल्मीखबरतर्फबाट बधाई ।