उपभोक्ता देखि यात्रुको गुनासोलाई समेत ध्यानराखी सवैको मन राख्दै आएका प्रधानमन्त्री बाबुराम भट्टराईले कलाकारहरुका लागि आज प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी दिए । जहाँ सिनेमा संगीत तथा टेलिचलचित्रकर्मीलाईहरुको उपस्थिति थियो ।
कार्यक्रममा हिरोईनको तर्फबाट करिश्मा मान्नधर र नयाँ पुष्ताका हिरोको तर्फबाट राजबल्लभ कोईराला प्रतिनिधित्व पात्र थिए । करिश्मा पति विनोदका साथ बालुवाटरको चियापानमा सरिक थिईन् । दशै र तिहारको उपलक्षयमा आयोजित उक्त चियापानमा प्रधानमन्त्री भट्टराईले नेपालमा सास्कृतिक क्रान्तिको आवश्यक्ता बारे बोलेका थिए र यसमा सघाउन उपस्थित कलाकारहरु आग्रह गरेका थिए ।
पछिल्लो समय माओवादीमा प्रवेश गरेका प्राय सवै कलाकारहरु उक्त चियापानमा सहभागी थिए भने चलचित्रसंग सम्बन्धीत संघसंस्थाका प्रमुख ब्यक्तिहरु भने अनुपस्थित थिए । कार्यक्रममा एमाले प्रवेश गरेका भुवन केसीलाई निम्ता थिएन भने कहिलै नछुटिने मह जोडीका मदनकृष्ण श्रेष्ठ मात्र उपस्थित थिए । कार्यक्रममा सिनेमा भन्दा टेलिचलचित्रका कलाकारहरुको बाक्लो उपस्थिति थियो । त्यसमध्ये पनि हाँस्य श्रृङखला मेरी बास्सैका कालकारहरुको ज्यादा उपस्थिती थियो ।
कार्यक्रममा चर्चित लोक दोहोरी गायिका कोमल ओली, सुनिता दुलाल, गायक द्धय सत्यस्वरुप आचार्य, सुगम पोखरेल, संगीतकार न्यू बज्राचार्य ,राजु सिहं, रंगमर्की निशा शर्मा, दयाहाङ राई, माओवादी निकट चलचित्रकर्मी मौसमी मल्ल, गोविन्द राई , चेतन सापकोटा लक्षमण, शेष निर्देशक, विमल पौडेल, बिजय बस्नेत, नवल खड्का, तीतो सत्यका दुई मोटे कलाकार निर्मल शर्मा र रवि शर्मा त्यसैगरी नीर शाह, अशोक शर्मा, दिनेश डीसी लगायतका सिमित चलचित्रकर्मी मात्र उपस्थित थिए ।
प्रधानमन्त्रीको चियापानमा जति कलाकार उपस्थित हुनु पर्ने हो त्यति कालकार भने उपस्थित थिएनन् । माओवादी निकट चलचित्रकर्मी लक्ष्मण शेषले निम्ताको जिम्मा लिएपनि पर्याप्त मात्रामा कलाकारहरुलाई बालुवाटार उपस्थित गराउन सकेका थिएनन् । राज्यबाट पर्याप्त सम्मान नपाईरहेका बेला सरकार प्रमुखको हैसियतले भट्टराईले कलाकारहरुलाई सम्मानजनक ढङ्गमा दिईएको सम्भवत यो पहिलो चियापान समारोह हो । जुन प्रकृतिको चियापान यस अघिका सरकार प्रमुखहरुले गरेका थिएनन् ।