मिति : २०८१ मंसिर १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

राजबल्लभ र करिश्मा दुई पटक

फिल्मीखबर, काठमाण्डौ, 2011/10/11

अभिनेत्री करिश्मा मानन्धरलाई बाबुराम भट्टराई अघिका धेरै प्रधानमन्त्रीले  सरकारी निवास बालुवाटार डाके । तर बेफुस्रद अनि केही बर्षको नेपाल बाहिरको बसाईले उनले चाहेर पनि बालुवाटार घुम्न पाईनन् र विभिन्न कालखण्डका प्रधानमन्त्रीसंग प्रत्यक्ष  साक्षात्कार गर्न पाईनन् । तर एमाले सरकारबाट  माधव नेपाल प्रधानमन्त्री भएको बखत उनी पहिलो पटक बालुवाटारको गेट प्रवेश गरिन् । जहा उनले प्रधानमन्त्रीको प्रेक्षालयमा विविध अर्न्तक्रिया गरेकी थिईन । जुन उनको पहिलो बालुवाटार प्रवेश थियो ।

 

करिष्मासँगै हिरो राजबल्लभ कोईरालाको पनि त्यहि नै पहिलो बालुवाटार प्रवेश थियो । जहा उनले करिश्मासंगै तत्कालिन प्रधानमन्त्री माधव नेपालसंग साक्षात्कार गर्नुका साथै  विभिन्न पोजका फोटो पनि खिचेका थिए । गत माघ महिनामा पहिलो पटक बालुवाटारसंगै प्रवेश गरेका बल्लभ र करिश्मा दोस्रोपटक आज बालुवाटार प्रवेश गरे । तर प्रधानमन्त्रीको प्रेक्षालयसम्म भने हैन ।

 

सेतो सर्टमा बालुवाटार प्रवेश गरेका बल्लभले बाबुराम भट्टराईसंग पहिलो पटक हात मिलाए र युवापुस्ताको रुचाइएको हिरोको रुपमा बल्लभका बारेमा भट्टराईले जान्ने मौका पाए । यस्तै काम र पोजिसनका हिसावमा सर्वाधिक रुचाईएका प्रधानमन्त्रीलाई  भेट्नु आफ्ना लागि खुशीको कुरा भएको तर भेट पछी त्यो खुशी स्वाभाविक लागेको भट्टराईलाई भेटीसकेपछी राजबल्लभको प्रतिक्रिया छ ।



राजबल्लभले सरकार प्रमुखका हैसियतमा माधव नेपाल पछी बाबुरामलाई  भेटेका हुन् । यस अघि उनले पूर्व प्रधानमन्त्रीहरु सूर्यबहादुर थापा, शेरबहादुर देउवा, लोकेन्द्र बहादुर चन्दलाई समेत भेटिसकेका छन् । तर त्यो भेट उनीहरु प्रधानमन्त्री भएको बेला भने हैन । यस्तै करिश्माले बाबुरामलाई  अन्डरग्राउन्डबाट बहिरिए लगत्तै पहिलो पटक भेटेकी थिईन जति बेला उनको फिल्म बाबुसाहेब रिलिज भएको थियो । त्यसपछी बाबुरामसंग विभिन्न कार्यक्रममा करिब ४ पटक सम्म भेट भएको करिश्मा सम्झिन्छिन् । तर औपचारिक भट्टराईसंग उनले आज बालुवाटारमा भेटेकी थिईन । जहाँ यि दुईले एकअर्कालाई नजिकबाट थप बुझने मौका पाएका थिए ।