आफू अभिनित फिल्म मेरो लभस्टोरी प्रोमोशनका लागि सोमबार पूर्वान्चल पुगेका आर्यन सिग्देलले सोचेको थिएनन् फ्यानबाट यसरी घेरिन्छु भनेर । जव उनी आफ्नो फिल्म चलिरहेको दमक चित्र मन्दिर पुगे तव उनलाई हजारौ दर्शकले घेर्ने हुदा प्रहरीले लाठ्ठी चार्ज समेत गर्नु पर्यो ।
फिल्मीखबर पूर्वान्चल सहकर्मी अर्पण ढकालका अनुसार प्रहरीको लाठ्ठी चार्जका कारण तीन स्थानिय युवा सामान्य घाईते भएका थिए । यस्तै २५ उछ्रिङ्खल युवालाई प्रहरीले केही बेर हिरासतमा पनि लिएको थियो । निर्देशक सुदर्शन थापा र को-प्रोडयूसर राजेश आचार्यका साथ पूर्वान्चल प्रोमशनमा निस्किएका आर्यन मंगलबार बिहान दमक चित्र मन्दिर पुगेका थिए । जसलाई हेर्न दमकका ग्रमिण भेगसम्मका युवा दर्शक बस रिजर्भ गरेर आएका थिए ।
क्राउडले घेरेपछी आर्यनलाई १६ जना प्रहरीको टोलीले सुरक्षा दिएका थियो । तर हजारौ दर्शकको अगाडी १६ प्रहरीको केही सिप नचल्दा आर्यनले अन्त्यमा सम्बोधन गरी फ्यानलाई शान्त बनाएका थिए । सिनेमा हलमा दर्शकले आर्यनलाई त्यसरी घेरेपछी 'सपनामा पनि सोचेको थिईन आर्यनको क्रेज यत्तिको होला भनेर', निर्देशक थापाको भनाई उदृत गर्दै सहकर्मी ढकालले भने ।
आर्यन 'मेरो एउटा साथी छ' सुटिङ्गको क्रममा ईलाम गएका थिए । त्यसपछी उनले हिजो मात्र पूर्वान्चलमा आफ्नो पाईला राखेका थिए । जुन पाईला जीवनकालकै अबिस्मरणिय हुने आर्यन बताउछन् । चार दिने पूर्वान्चल प्रोमोशनमा निस्किएका आर्यन भोली धरानको शिव सिनेममा दर्शकसंग बसेर फिल्म हेर्देछन् । जसका लागि क्राउडबाट सेफ प्रदान गर्न स्थानिय प्रशासनले उनलाई धरानमा पनि सुरक्षा ब्यवस्था गरिदिने भएको छ ।