मिति : २०८१ मंसिर १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

ह्याकरको फन्दामा उज्जवल

फिल्मीखबर, काठमाण्डौ, 2011/10/12
हलिउड र बलिउडका सेलिब्रेटीको सोसल साईट तथा ब्यक्तिगत ईमेल बारम्बार  ह्याक भएको समाचार हामीले पढिरहेका छौ र नेपालमा पनि केही सेलिब्रेटीको सोसल साईट ह्याक हुन थालेको  खबर पनि बाहिर आएका थिए । र फेरी यस्तै ह्याक भएको अर्को खबर प्राप्त भएको छ ।
 
  एक महिना अघिदेखि आफ्नो एकाउन्ट अरुकसैले चलाएका चाल नापएका निर्देशक उज्जवल घिमिरेले त्यतिबेला मात्र थाहा  पाए जव क्यानेडामा रहेकी उनकी बहिनीले उनलाई किन पैसा चाहियो भनेर फोन गरिन । ह्याकरले उज्जवलको फेसबुक लगईन गर्दै उनको बहिनीलाई पाँचसय  डलर पठाईन फेसबुकमार्फत म्यासेज सेण्ड गरेको थियो । यस्तै उज्जवलको  स्टाटसमा कमेन्ट गरिरहने अमेरिकका केही साथीहरुलाई समेत ह्याकरले पैसा पठाईदिन आग्रह गरेको थियो । ह्याकरले 'साथी म अहिले नेपाल बाहिर रहेकाले मेरो पस्र चोरी भयो कृपया अलिकति पैसा पठाईदेउ । ' भन्दै पैसा मागेको फिल्मीखबरसंगको भेटमा निर्देशक घिमिरेले भने ।
 
तर अमेरिकामा रहेका आफ्ना साथीहरु ह्याकरको यस्तो फन्दामा यस अघि परिसकेकाले उनीहरुले आफूलाई फोन गरेपछी मात्र सवैकुरा छर्लङ्ग भएको उज्जवल बताउछन् । उज्जवले आफ्नै नाममा दुई बर्षदेखि फेसबुक चलाउदै आएका थिए । तर यो असोज महिनामा ह्याकरले आफूनिकट साथीहरुसंग पैसा माग्दै हिडेकाले उनले त्यो एकाउन्ट तीन दिन अघि बन्द गरिदिए । र अहिले उज्जवले नयाँ फेसबुक एकाउन्ट खोलेका छन् तर आफ्ना बारेमा सवैकुरा थाहा पाएको उक्त ह्याकरले आफ्नो नयाँ  एकाउन्ट फेरी ह्याक नगर्ला भन्ने कुरामा उनी विश्वस्त छैनन । यस अघि हिरोईन सुमिना घिमिरे तथा गायक राजेशपायल राईको फेसबुक एकाउन्ट पनि ह्याक भएको थियो ।