प्राविधक पछबाट सवल एवं नया अनुहार विद्यामा अन्र्तगत तेहौ मुम्बई फिल्म फेष्टीबेलमा छनौटमा परेको नेपाली चलचित्र आचार्यको टीम भोली शुक्रबार उक्त फेष्टिबलमा सहभागी हुन मुम्बई प्रस्थान गर्दैछ ।
चलचित्रका मुख्य नायक सत्यराज आचार्य निर्देशक प्रसान्त रासाईली प्रोड्यूसर रोशन राई तथा (डिओप) डाईरेक्टर अफ फोटोग्राफी शैलेन्द्र कार्की टीममा सहभागी हुनेछन् । आज बिहिबार देखि आउदो बुधबार सम्म चल्ने महोत्सवमा सत्यराजको टोलीले विभिन्न फिल्म हेर्ने छ भने आचार्य फिल्मका बारेमा महोत्सवमा छलफल पनि गरिने छ । नेपालमा समिक्षकहरुबाट राम्रो रिभ्यू पाएको उक्त चलचित्रका निर्देशक भारतीय मुलका सिक्किमे युवा हुन । जो ऋतिक रोशन अभिनित चलचित्र काईटसका साहायक निर्देशक पनि हुन । निर्देशकीय तवरमा राम्रो प्रशंशा पाएकै कारण चलचित्र आचार्य मुम्बई फिल्म फेष्टीवलमा छनौटमा परेको हो । यस्तै चौतर्फी चर्चा पाएपछी यो चलचित्रलाई ओस्कार अवार्डमा पनि सहभागी गराईदैछ । आशा गरौ अन्र्तराष्टिय महोत्सवमा पुगेको आचार्यले त्यहा पनि राम्रो रिभ्यू पाओस । आचार्य भजन शिरोमणी भक्तराज आचार्यको जिवनीमा आधारित चलचित्र हो ।