मिति : २०८१ मंसिर १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कान्छी अरुणिमा मंसिर दशमा

फिल्मीखबर, काठमाण्डौ, 2011/10/13
हिरोइन अरुणिमा लम्साललाई छोरीको ज्यादै रहर छ  र उनको त्यो रहर अब चाडैनै पुरा पनि  हुदैछ । चिकित्सा प्रविधिलाई धन्यवाद दिदै उनले आफूले जन्माउदै गरेको सन्तानको बारेमा  पुरै जानकारी लिन भ्याएकी छिन् ।
 
डाक्टरले उनलाई आउदो मंसिर १० गतेको डेलिभरी डेट दिएका छन् । तर त्यो डेट नआउदै उनले आफ्नो भावी सन्तान के जन्मिदैछ भनेर पुरै जानकारी लिएकी छिन् । फिल्मीखबरसंग अरुणिमाले भनिन् 'मेरो त राम्री छोरी जन्मिदैछ, उसलाई हामीले अहिले देखिनै कान्छी अरुणिमा भन्न थाल्यौ ।'  गर्भवती भएका कारण अरुणिमा यो समय पूर्ण भ्याकेसनमा छिन् । नयाँ घर कपनमा उनी फिल्मी दुनियाका सम्पूर्ण खबरबाट टाडै छिन् । र भन्छिन 'मलाई त ईन्डष्ट्रीमा के भैराछ, कस्तो फिल्म चलिराछन्  केही पनि थाहा छैन ।'  गर्भवती भएकाका कारण अरुणिमाको शरिर  अहिले निकै  ठूलो छ जसकारण उनी घरबाहिर हत्तपत्त निस्किन्न् । उनलाई बैङकर पतिले स्यहार सुसार गरिरहेका छन् । यस्तै अरुणिमाले आफू सुत्केरी भएकोट ६ महिना पश्चात पुनः फिल्म खेल्ने बताएकी छिन् ।  जसका लागि सुत्केरी भएलगत्तै उनले आफ्नो स्वास्थ्यको ध्यान दिने बताएकी छिन् ।

पहिलो सन्तानका रुपमा  छोरी जन्माउन लागेकी अरुणिमालाई अग्रिम बधाई ।