मिति : २०८१ मंसिर १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कालिका म्यूजिक अवार्ड सम्पन्न

फिल्मीखबर, चितवन , 2011/10/13

महिना दिन अघि सम्पन्न सीजी डीजीटल अवार्डमा अब्बल ठहरिएको सविर श्रेष्ठ निर्देशित चलचित्र 'कस्ले चोर्‍यो मेरो मन' ले चितवन स्थित कालिका एफएमको सातौ  म्यूजिक अवार्डको दुई विद्यामा पनि सर्वोत्कृष्टता हासिल गरेको छ ।
 

आज चितवनको नारायणीकला मन्दिरमा सम्पन्न अवार्डमा रेखा फिल्मसको उक्त चलचित्रले चलचित्र संगीत विद्या अन्र्तगत सुरेश अधिकारीले सर्वोत्कृष्ट संगीतकारको अवार्ड प्राप्त गरे भने अन्जु पन्तले सोही फिल्मबाट उत्कृष्ट महिला गायन  अवार्ड प्राप्त गरिन । कार्यक्रममा अन्जु उपस्थित नहुदा संगीकार अधिकारीलेनै अन्जुको अवार्ड लिएका थिए । यस्तै फिल्म अन्र्तगतका चार विद्या समावेश उक्त अवार्ड कार्यक्रममा पुरुष गायन तर्फ चलचित्र ब्याच नम्बर १६ बाट शिव परयार उत्कृष्ट ठहरिए । यसैगरी उत्कृष्ट रचना तर्फ चलचित्र दुलहीको शिर्ष गीतबाट गीतकार दयाराम पाण्डेले अवार्ड प्राप्त गरे ।

 
कार्यक्रम फिल्म क्षेत्र भन्दा सांगीतक क्षेत्रका कालकारहरुको बाक्लो उपस्थित थियो । जहा दीपक लिम्बुले रिलिज भैरहेको चलचित्र अन्दाजको सिम्पल सिम्पल कान्छी बोलको गीत तथा  गायिका रजिना रिमालले पनि रिलिज भैरहेको चलचित्र म तिम्रो भैसकेको गीत गाएकी थिईन । यसैगरी गायक सुगम पोखरलेलले चलचित्र के यो माया हो को शिर्ष गीत गाएका थिए । तर सुगमको गायन स्टाईलबाट प्रभावित भएका उपस्थित दर्शकले वान्स मोर भनेपछी सुगमले झिल्केले भन्नेगीत गाएका थिए । कार्यक्रममा गायक राजेश पायल राईले पनि आफ्नो पछिल्लो एल्बम राई ईज किङ्गको शिर्ष गीत गाएका थिए ।

 
बरिष्ठ चलचित्रकर्मी एवम गीतकार यादव खरेलको प्रमुख आतिथ्यमा सम्पन्न अवार्ड कार्यक्रममा आयोजक कालिका एफएमले राधानीबाट संगीतकर्मीहरुलाई हिजो चितवन ल्याएको थियो । जहा फिल्मीखबर डटकमका प्रधानसम्पादक सुमन गैरै पनि अतिथिको रुपमा आमन्त्रित थिए । भोलीबाट दशौ बर्षमा प्रवेश गर्न लागेको कालिका एफएमले आज गरेको सातौ संस्करणको म्यूजिक अवार्ड कार्यक्रममा बरिष्ठ गीतकार रत्नशम्शेर थापालाई लाईफटाईम अचिभ्मेन्ट अवार्डले सम्मान  गरेको छ ।