मिति : २०८१ मंसिर १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सोभित बस्नेतसंग लिखित जवाफ माग

फिल्मीखबर, काठमाण्डौ, 2011/10/13

 फिल्म राज गत शुक्रबारबाट उतारिनु पर्ने हो तर हलवाला र वितरकको खेलमा बिहिबारनै उत्रिएपछी  चलचित्र निर्मातासंघ बेखबर  भएको  भन्दै आक्रोसित भएका निर्देशक सोभित बस्नेतले त्यस बिषयमा  फिल्मीखबरमा दिएको प्रतिक्रिया   प्रति  निर्मातासंघले आपत्ती जनाएको छ ।

 
 जस अनुरुप निर्मातसंघको  आजको बैठकले उक्त भनाईको बारेमा सात दिन भित्र जवाफ फर्काउन बस्नेतलाई लिखित आदेश दिएको छ । उक्त आदेशमा गत असोज १८ गते अनलाईन पत्रिका फिल्मीखबर डट कममा  तपाईले दिएको प्रतिक्रियाको बारेमा सात दिन भित्र लिखित जावफ दिनु होला भनी उल्लेख गरिएको  चिठ्ठी हातमा परेपछी  निर्देशक बस्नेतले फिल्मीखबरलाई सो जानकारी दिएका हुन । बस्नेतले क्यू प्रणाली अन्र्तगतको चलचित्र 'राज' पछी राज्य चल्नु पर्ने तर त्यसको स्थानमा 'मेरो लभस्टोरी' र 'अन्दाज' रिलिज गरिएको तथा  नियम विनानै बिहिबार आफ्नो फिल्म उतारिदा पनि निर्मातासंघ  बेखवर भएको भन्दै  उनले संघलाई हिजडाहरुको संस्था भनी संज्ञा दिएका थिए । यस्तै संघले उनलाई त्यस्तो आदेश दिएपछी बस्नेतले भोली सम्ममा आफूले पनि लिखित जवाफ फर्काउने बताएका छन् । तर उनको जवाफ कस्तो हुनेछ त्यो भने पर्खनै पर्नेछ । 
 
 बस्नेतले गत १८ गते दिएको प्रतिक्रिया समाचार पढ्नका लागि तलको लिंकमा क्लिक गर्नुहोला ।