क्यू प्रणाली अन्र्तगतका सिनेमा मात्र चलाउदै आएको विश्वज्योति सिनेमा हलमा गत सातानै वितरकको मिलेमतोमा चलचित्र मेरो लभस्टोरी लगाईएको थियो त्यो पनि बिहिबार । जसअनुरुप क्यू च्यानल अन्र्तगतका अन्य सिनेमा भवनमा 'अन्दाज' पनि लगाईएको थियो ।
जुन कारणले यो साता क्यू प्रणाली विवादमा रह्यो । तर विवादै विवादका बीच आजबाट सार्वजनिक हुने फिल्म क्यू अन्र्तगतबाट चल्नु पर्ने हो तर त्यो पनि भएन र गत साता रिलिज भएको चलचित्र 'मेरो लभस्टोरी'लाई उर्तार्दै आजबाट अन्दाज लगाईएको छ । जुन विवादास्पद पनि छ । जसकारण क्यू प्रणाली भाडियो भन्ने बिषयमा कुनै दुई मत छैन । चलचित्र राज गत शुक्रबार उतारिनु पर्ने हो तर बिहिबारनै उतारियो र त्यसको स्थानमा राज्य रिलिजको पालो थियो तर मेरो लभस्टोरी र अन्दाजका प्रोड्यूसर तथा वितरक र हलवालाको मिलेमतोमा क्यूमा लफडा उत्पन्न भएको छ । र यहि विवादलाई मिलाउने निर्मातासंघको हिजोको बैठकले वितरक सुनिल मानन्धर र पूर्वअध्यक्ष अशोक शर्माको जिम्मामा राजले पाउने पर्ने क्षति विवरण संकलन गर्ने जिम्मा उनीहरुलाई दिएको थियो । तर बैठकको कुरा एकातिर रिलिजको कुरा अर्कोतिर हुदा क्यूमा चल्नु पर्ने फिल्म नचलि अन्दाज चलाईएको छ । जसकारण पालो कुरेर बसिरहेका अन्य निर्माताहरु मर्कामा परेका छन् ।
तर विश्वज्योति हलका संचालक मोहन सरार्फसंग यस बिषयमा कुरा गर्दा उनले 'यस्ता कुरा निर्मातासंघलाई सोध्नुस हामीलाई नसोध्नुस' भनी डाठो जवाफ दिएका छन् । उता निर्मातासंघका अध्यक्ष राजकुमार राईले 'रिपिट सिनेमा अन्दाज भएकाले विश्वज्योतिमा सो फिल्म चल्नु प्रोब्लमको कुरा नभएको तर गत साता साइडको सिनेमा मेरो लभस्टोरी रिलिजको कुराचाहि आपत्तिजनक भएकाले संघको हिजोको बैठकले त्यस सिनेमालाई छतिपूर्ति दिने निर्णय गरिसकेकाले यस बिषयमा आपत्ति जनाउन नहुने' बताएका छन् । विश्वज्योति सिनेमाभवनबाट सुरुभएको यो लफडा बुझेर पनि बुझिनसक्नु छ जुन विवाद चर्कने निश्चित छ ।