मिति : २०८१ मंसिर १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कतार उड्यो मैना

फिल्मीखबर, काठमाण्डौ, 2011/10/14

दक्षिण कोरियाको सिओलमा हुन लागेको ग्वान्जु इन्टरनेशनल फिल्म फेष्टिवलमा सहभागी हुने नेपाली चलचित्र मैना लिएर निर्माता तथा निर्देशक केपी पाठक शुक्रबार बेलुकी त्यस तर्फ उडेका छन् ।

 

अक्टोवर २८ देखि चार दिन सम्म हुन लागेको उक्त महोत्सवमा मानव अधिकार विद्या अर्न्तगत छनौटमा परेको सो चलचित्र २०६५ सालमा निर्माण गरिएको थियो । मैना  दश बर्षे सशस्त्र द्धन्दको समयमा काभ्रेपलान्चोक जिल्लाकी  किशोरी मैना सुनुवारको बलत्कारपछी हत्या गरिएको यथार्थ घटनामा आधारित छ । जुन चलचित्रले राष्टिय अवार्डमा जुरी अवार्ड सहित पाँच विद्यामा उत्कृष्टता हासिल गरेको  थियो । यस्तै डि सिने अवार्डमा पनि चार विद्यामा यो चलचित्रले  अवार्ड प्राप्त गरेको थियो । 

 

शुक्रबार बेलुकी ११ बजे तिर कोरिया प्रस्थान गरेका केपीले आफ्नो चलचित्रलाई आउदो आईतबार सिओलमा रहेका स्थानीय नेपालीहरूलाई देखाउने कार्यक्रम रहेको बताए । यस्तै आउदो २३  तारिखमा चलचित्रलाई बुसानमा समेत प्रदर्शन गरिने कार्यक्रम रहेको उनले बताए । करिब एक महिने तालिका निकालेर कोरिया प्रस्थान गर्न लागेका केपीले केही महिना अघि  यूरोपका विभिन्न मूलुकमा मैनाको सफल प्रदर्शन गरेका थिए ।

 

विशेष निमन्त्रणामा केरिया प्रस्थान गर्न लागेका केपीले त्यहाँका फिल्म एकेडेमी तथा  थिएटरहरूको पनि भ्रमण गर्नेछन् भने कोरियन फिल्म काउन्सिलका पदाधिकारीहरूसंग आफ्ना चलचित्रका बारेमा अर्न्तक्रिया गर्नेछन् ।