मुष्लिम धर्मावलम्बिहरूको महान चाड बकर इदको अबसरमा चलचित्र 'मन मनै मन पराएँ' को विशेष प्रदर्शनी कतारको राजधानी दोहामा हुदैछ । कात्तिक २४ गते बकर इदको अवसरमा चार दिने प्रदर्शनीका लागि उक्त चलचित्रका निर्माता रामेश्वर भट्टराई शुक्रबार बेलुकी कतार प्रस्थान गरेका छन् ।
चलचित्र 'मन मनै मन पराएँ' कतारमा रहेका नेपाली दर्शकका लागि आउदो नोभेम्बर सात तारिख अर्थात कात्तिक २१ गते देखि २४ गते सम्म दोहा सिनेमा हलमा देखाईने छ । यदि त्यहाँका नेपालीहरूबाट थप शोको माग भएमा केही शोहरू समेत लम्बिने सक्ने कतार प्रस्थान गर्नु अघि निर्माता भट्टराईले फिल्मीखबरलाई जानकारी दिए ।
पहिलो प्रोजेक्टलाई बिदेशमा प्रदर्शन गर्न पाउदा निर्माता भट्टराई निकै दंग छन् । कतारको प्रदर्शन सफल भएमा उनले आफ्नो चलचित्रलाई आउदो डिसेम्बरमा इजरायलमा रहेका नेपालीहरू माझ पनि देखाउने मनस्तिथि बनाएका छन् । गत फाल्गुन महिनामा प्रदर्शनमा आएको राजेन्द्र उप्रेतीद्वारा निर्देशित यो चलचित्रमा राज तिमल्सिना, ऋचा सिंह ठकुरी, मुकेश ढकाल, जयकिशन बस्नेत, मिथिला शर्मा, सुनिल थापा लगायतका कलाकारहरूले मुख्य भूमिका निर्वाह गरेका छन् ।