पछिल्लो समयमा दर्शकमाझ लोकप्रिय बन्दै गएका नायक मुकेश ढकाललाई नक्कली राजेश हमालले चलचित्र क्षेत्रबाट नै निकाल्ने धम्की दिएका छन् । केहि दिन अगाडी मुकेशको फोनमा बारम्बार फोन गर्दै आफूलाई राजेश हमाल बताउने ति युवकले जथाभावी बोल्दै आफूलाई इन्ड्रस्ट्रिबाट निकाल्ने धम्की दिईरहेको मुकेशले फिल्मीखबरलाई बताए ।
उपत्यका बाहिरको नेपाल टेलिकमको फोन नम्बर ९८४५४०४३९२ र एनसेलको फोन नम्बर ९८१६८०३९२९ बाट आफूलाई धम्की आएको मुकेशको भनाई छ । ति युवकले आफूलाई चलचित्र क्षेत्रमा ल्याउने ठूलो सहयोग गरेको बताउँदै अहिले आएर नचिन्दा रिस व्यक्त गर्दै बारम्बार फोन गरेको मुकेशले बताए । तर मुकेश भने यो क्षेत्रमा आउँन आफू एक्लैले संघर्ष गरेको बताउँछन् ।
बारम्बार फोन आएर दिक्क पारेका ति अपरिचित युवकले आफूलाई जथाभावी मुख छाड्डै अनामनगरमा भेट्न समेत बोलाएको मुकेशले बताए । यसरी बारम्बार फोनफोन धम्की आएपछि मुकेशले हनुमाढोकामा यि युवक बिरूद्व उजुरी समेत दिएको बताए । मुकेशका अनुसार प्रहरीले अहिले धम्कि दिने ति युवकको खोजी गरिरहेको छ । यस्ता धम्कीबाट आफू नडराउने बताएका मुकेशले बारम्बार फोन गर्दा आफू टेन्सनमा भने परेको बताए ।
गजबको कुरा त यो छ कि आजसम्म आफ्नो दुस्मन कोही नभएको बताउने यि नायकलाई सक्कली राजेश हमालले भने पछिल्लो पुस्तामा सम्भावना बोकेको नायक भन्दै आएका छन् । यसरी राष्ट्रको गहना माथी धम्की आउनु पक्कै पनि राम्रो हैन । यस्तो घटनाको फिल्मीखबर डटकम घोर भर्तसना गर्दछ ।