आफू निर्देशित चलचित्र 'राज' एक दिन अगाडी उतारिएको बिषयमा बेखबर भएर बसेको भन्दै चलचित्र निर्माता संघलाई हिजडाहरूको संस्था भनी सोभित बस्नेतले दिएको आफ्नो भनाई फिर्ता लिंदै उनले संघ समक्ष माफी मागेका छन् । गत १८ गते उनले फिल्मीखबर मार्फत निर्माता संघलाई हिजडाहरूको संस्था भनी संज्ञा दिएका थिए ।
दशैको विदामा रातारातको राजनीतीले रिलिज विथोलिएको बिषयमा बस्नेतले निर्माता संघ जस्तो गरिमामय संस्थालाई तल गिराउने काम गरेको भन्दै संघले गत बिहिबार उनलाई त्यस बिषयमा उपयूक्ति लिखित जवाव दिन सात दिने अल्टिमेटम सहितको पत्र काटेको थियो । सोभितले सो पत्र पाएको भोली पल्टै जवाफ फर्काउने बताएका पनि आईतबार बिहान मात्र उनले आफ्नो भनाई प्रति माफी माग्दै जवाफ फर्काएका हुन् ।
सोभितले फर्काएको जवाफमा आफूले आवेशमा आएर त्यस्तो प्रतिक्रया दिएको र आफ्ना ती भनाईलाई अझै गलत सावित गर्न संघले यथा सिघ्र राजको क्षतिपूर्ती दिनु पर्ने उल्लेख गरेका छन् । तर संघको बिहिबारको बैठकले वितरक अशोक शर्मा र सुनिल मानन्धरलाई राजको क्षति संकलन गर्ने जिम्मा दिएको थियो । जुन विवरण निर्माता संघ समक्ष अझै पुगिसकेको छैन ।
राज गत असोज ६ गते देखि रिलिज भएको थियो तर रिलिज भएको दुई साता पुग्ने बेलामा नियम विपरित हलवाला र वितरकको मिलेमतोमा असोज १९ गते बिहिबार राज उतार्दे मेरो लभस्टोरी र अन्दाज क्यू प्रणाली अर्न्तगत रिलिज गरिएको थियो । जुन विवाद अझै यथावत छ । होल्डओभर टुटे पनि बिहिबारको दिन राजधानीका कुनै पनि थिएटरमा नयाँ फिल्म रिलिज गर्न नपाईने नियम छ ।