मिति : २०८१ मंसिर १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मैनाले बनायो भावुक

फिल्मीखबर, कोरिया, 2011/10/18

युरोपका विभिन्न देशमा सफल प्रदर्शनपछि चलचित्र 'मैना' कोरियामा पनि सफलताका साथ प्रदर्शन गरियो । माओवादी भ्रातृसंगठन नेपाली जनाधिकार मञ्च दक्षिण कोरियाले आइतवार कोरियाको सुयुस्थित खाङ्बुक आर्ट कल्चर  सेन्टरमा 'मैना' को बिशेष प्रदर्शन गरेको हो ।


कोरियाका लागि नेपाली राजदुत कमल प्रसाद कोइराला ,चलचित्रका निर्देशक केपी पाठक, एनआरएन कोरियाका कार्यवाहक अध्यक्ष राजु क्षेत्री, राजनैतीक , सामाजिक संघ संस्थाको प्रतिनिधिहरु सहित कोरियामा रहेका नेपालीहरुको बाक्लो उपस्थितिमा 'मैना' देखाईएको हो । उपस्थित नेपालीहरू मैनाको मार्मिक कथा हेरेर भावुक भएका थिए । सामान्य किशोरीले विद्रोहीको आरोपमा पाएको यातना र त्यसपछि राज्यपक्षले उनीमाथि थोपरेको ज्यादती र उनको गुमनाम अवस्था समेटिएको कथा पर्दामा हेरिरहँदा धेरै दर्शकका आँखा रसाएका थिए ।

 

२०६० फागुन ७ मा १५ जना सैनिकले पक्राउ गरि व्यारेकमा पुर्याएर चरम यातना दिएर मूत्यु भएकी काभ्रेकी १५ बर्षिया मैना सुनुवारको घटनालाई मुख्य बिषय बनाएर चलचित्र 'मैना' निर्माण गरिएको हो । आइतवार धेरै नेपालीले चलचित्र हेर्न नपाएकाले आउँदो आइतवार पनि किम्हे नगरमा चलचित्र देखाईने बताईएको छ । चलचित्र 'मैना' अक्टोबर २७ देखि ३१ सम्म हुने ११ औं ख्वाङ्जु अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा समेत प्रदर्शन गरिनेछ ।