मिति : २०८१ मंसिर १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रेशको रेट…?

फिल्मीखबर, काठमाण्डौ, 2011/10/18

एक दशक अघिको चलचित्र 'चाहन्छु म तिमिलाई' मा पहिलो पटक अभिनय गर्दा उनी सुरेश मरहठ्ठाले परिचित थिए । त्यसपछीको उनी अभिनित चलचित्र  'पिंजडा' मा पनि उनी सोही नामले नै परिचित भए तर केही बर्षको अमेरिका बसाईपछी उनी नाम परिवर्तन गरेर पुनः नेपाल फर्किए ।
 

अमेरिका बसेर आफूमा केहि परिवर्तन ल्याएका सुरेशले आफ्नो नामको अगाडीको 'शु'हटाएर नाममा पनि परिवर्तन ल्याए । आजकाल उनी रेश मरहठ्ठाले परिचित छन् । लामो समयको अमेरिका बसाई पछि नेपाल फर्किएर रेशले 'स्विकार', 'भागी भागी नजाउ', 'काठमाण्डू' लगायतका चलचित्रमा अभिनय गरे । रेशले आकाश अधिकारीको मेघा प्रोजेक्टको 'काठमाण्डू' मा अभिनय गरेपछि आफैले पनि चलचित्र निर्माण गरे । आफ्नै लगानीमा निर्माण भएको चलचित्र 'च्यालेञ्ज' बाट रेश अझ बढि चर्चामा आए ।
 

रेशले होम प्रोडक्सनमा निर्माण भएको स्टाईलिस फिल्म 'च्यालेन्ज' मा मुख्य भूमिका निर्वाह गरेका छन् । नेपाल फर्किएको केहि बर्ष बितिसक्दा पनि रेशले संख्यात्मक हिसावमा त्यति धेरै चलचित्रमा अभिनय भने गरेका छैनन् । धेरै चलचित्रमा नदेखिनुको मुख्य कारण आफू चुजी भएको रेश बताउँछन् । पछिल्लो समय नयाँ पुस्ताका कलाकारहरुले स्क्रिप्ट देखि डिरेक्टर अनि फिल्म निर्माणको टिममा नयाँपन खोजीरहेको बेला रेशले पनि आफू त्यस बिषयमा  जोड दिने कलाकार भएको बताए ।

 

नयाँ चलचित्र 'मेरो जीवन साथी' को प्रेस मिटमा बोल्दै रेशले भने, 'मलाई यो चलचित्रको स्क्रिप्ट धेरै मन पर्‍यो जुन मेरो रियल लाईफसंग पनि  केही हदसम्म मेल खाँदो रहेछ । त्यसैले पनि यो चलचित्रमा अभिनय गर्न म राजि भएको हुँ ।' आगामी दिनमा स्क्रिप्ट हेरेर मात्र चलचित्रमा अभिनय गर्ने उनको भनाई छ । थोरै तर तर राम्रा चलचित्रमा अभिनय गर्ने बताउने रेश भन्छन्, 'अब त म चुजी भएको छु ।' रेश अहिले प्रशन्न पौडेलको प्रोजेक्ट 'मेरो बेस्ट फ्रेण्ड' मा पनि व्यस्त छन् भने आफैं पनि अर्को नयाँ चलचित्र निर्माणको तयारीमा छन् ।
 

यस्तै फिल्मीखबरले तपाईको रेट पनि त नयाँ कलाकारहरुले जति धेरै माग्ने होला नि भन्ने छुट्टै प्रश्नमा उनले भने, 'मेरो रेट त दश लाख हो तर कसैले  दिदैनन् । त्यो पनि नदिए पाँच भन्छु त्यो पनि मान्दैनन्  । त्यसैलॆ फिल्म खेल्ने बेलामा रेटको कुरा उठ्दा  म निर्माताहरुलाई भन्ने गर्छु अमेरिकाको प्रदर्शन अधिकार मलाई दिनुस त्यो नै मेरो रेट हो  ।'

 

रेशलॆ फिल्म खेलेर पैसा लिनु भन्दा पनि अमेरिकाको डीभीडी राईट र प्रदर्शन अधिकार नै आफ्नो रेट भएको स्पष्ट पारेका छन् । जुन प्रस्ताव उनले नयाँ चलचित्र 'मेरो जीवन साथी' का प्रोड्यूसरहरुसंग पनि राखेका छन् । अगामी दिनमा खेल्ने अन्य फिल्ममा प्रोड्यूसरहरुसंग पनि रेटको कुरा उठदा त्यस्तै प्रतिक्रिया दिने रेशको भनाई छ ।