आउदो शुक्रबारबाट नेपाली चलचित्र उद्योगमा सवैभन्दा महंगो गाडी चढ्ने चलचित्रकर्मीको पङिक्तमा राजकुमार राई पनि चिनिने छन् । राजकुमारले ८५ लाखमा टोयटाको लेटेष्ट मोडल २०११ र्याभफोर (RAV4) स्पोर्टेज गाडी किनेका छन् ।
निर्मातासंघका अध्यक्ष समेत रहेका राईले आज काठमाण्डौको तीनकुनेमा रहेको टोयटाको स्वरुम पुगी सो गाडीका लागि ८५ लाख तिरेका हुन् । उनी जिवनकालमै पहिलो पटक आफ्नै गाडी चढ्दैछन् त्यो पनि निकै महंगो मूल्यको । यस अघि चलचित्रका कार्यक्रममा उनी मोटरसाईकल तथा ट्याक्सीको साहारमा यता उता गर्थे । तर परिवारका सदस्यलाई सधै ट्याक्सीमा राखेर आफन्तको घर ल्याउने पुर्याउने काम सवैभन्दा झन्झटलाग्दो भएको भन्दै उनले आज किनेको नयाँ गाडी विशेषत परिवारको लागि भएको बताएका छन् । 'तर म चढ्दिन भन्ने चाहि हैन' उनले भने ।
आधा दर्जन चलचित्र निर्माण गरिसकेका राईलाई फिल्मकै कमाईबाट यति महंगो गाडि किन्न भ्याउनु भएको हो भन्ने फिल्मीखबरको प्रश्नमा उनले भने 'पुख्यौली सम्पती बेचेर मैले गाडी किनेको हुँ । चलचित्र क्षेत्रबाट त नाम शिवाय के कमाईयो भन्नु ? त्यसैले पुर्खाको सम्पती छोरा नातिहरुकै लागि हो भन्ठानी मैले मेरो परिवारका लागि गाडी किनिदिएको हुँ ।' उनले उद्योगपति सुरज बैद्यको सिफारिसमा तीन लाख सस्तोमा र्याभफोर किनेका हुन् । जुन गाडी पर्सी शुक्रबार मात्र उनको आगनमा आईपुग्ने छ ।
शो विशनेजमा सक्रिय रहेका राईले शोम्यान स्वरुप यति महंगो गाडी किन्नु एक पक्षले राम्रो पनि हो तर मंहगो गाडी किन्नु को साटो एक बर्ष अघि उनले निर्माण गर्छु भनेको नयाँ फिल्मको काम थालेको भए समग्र चलचित्र उद्योगको लागि पनि राम्रो काम हुन्थ्यो कि ? तर पनि बधाई छ राजकुमार नयाँ गाडी किनेकोमा ।
यस्तै राजकुमार बाहेक महंगो गाडी चढ्ने चलचित्रकर्मीमा निर्माता रमेशजंग रायामाझी पनि पर्छन् । उनी एक करोड भन्दा बढी मूल्य पर्ने ल्याण्ड रोभर चढने गर्छन् भने प्रोड्यूसर समेत रहेका हिरोईन झरना थापाको श्रीमान सुनिल कुमार थापा ७७ लाखको भ्क्सवागन चढ्ने गरेका छन् । थापाले सो गाडी केहि दिन अगाडी मात्र किनेका हुन् ।