मिति : २०८१ मंसिर १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

साडीले गरायो लेट

फिल्मीखबर, काठमाण्डौ, 2011/10/18

यो पहिरन भन्ने चिज पनि कस्तो -कस्तो   भनेको बेलामा चाडै तयार हुन निकै  गाह्रो । माथिको  पहिलो पङिक्तको ती  शब्दहरु हिरोईन केकी अधिकारीले आज आफ्नो मनमा बारम्बार खेलाएको हुन सक्छ । जुन शब्दको खेलाई चलचित्र मसानको प्रिमियर  हल सम्म पुग्दा पनि उनको मनबाट खेल्न नछाडेको हुन पर्छ ।

 

 कारण उनी आफ्नै फिल्म मसानको को प्रिमियरमा यिति ढिला उपस्थित भईन कि संगैको कोस्टार राजबल्लभ कोईराला केकीको त्यो ढिलाई पनाबाट वाक्क भएका देखिन्थे । र केकी आउनसाथ उनले सिनेमा हलको पहिलो तल्लामा भने 'केकी थ्याकंस  फर कमिङ्ग लेट ।'  यस्तै उनकी समकालिन अर्की हिरोईन नीता ढुङ्गानाले  पनि केकीको कम्पनी समयमा नपाउदा   एक्लो महसुस गरिरहेकी थिईन । केकीको 'मसान' दोस्रो चलचित्र हो तर पहिलो चलचित्र 'स्वर'को प्रिमियरको समयमा पनि उनी निकै ढिला उपस्थित भएकी थिईन । जुन  चलचित्र गत माघमा रिलिज भएको थियो । प्रिमियरमा निम्ता पाँच बजेलाई दिईएको थियो तर ठीक एक घण्टा पश्चात मात्र केकी परिवारका साथ सिनेमा हल आईपुगिन ।

 

उनी जडी भरेको गोल्डेन कलरको साडीमा उपस्थित थिईन । हेर्दा विवाहित जस्तै सुन्दर देखिएकी केकी किन ढिला उपस्थित भईन भन्ने कुरा बुझने क्रममा उनले लगाएको त्यो महंगो  साडी रहेछ ।  उनलाई साडी लगाउन यति समय लागेछ कि समय वितेको पत्तै भएन । केकी चलचित्र अवधिभर पुरै साडीमा देखिएकी छिन् ।  र सोही कारणले उनले प्रिमियरमा साडी लगाएर जाने निर्णय गरिन तर साडीले दिएन उनलाई साथ । उनले सार्वजनिक कार्यक्रममा पहिलो पटक आज साडी लगाएकी हुन ।  यस्तै उता अर्की हिरोईन नीता ढुङ्गाना पनि चलचित्रको एक सिनबाहेक अन्यमा सवै सिनमा साडीमै देखिएकी छिन् तर चलचित्रको कथा लाई समेत मध्यनजर गरी उनले प्रिमियरमा कस्तो पहिरन लगाउन पर्छ भन्ने कुरा नबुझेको जस्तो देखिएको थियो । कारण उनले  ब्लू हाफ पाईन्टको साथमा  हृवाईट टी-सर्ट   र हृवाईट  बुट  लगाएकी थिईन ।