मिति : २०८१ मंसिर १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

निर्देशक दिपक रायमाझीको निधन

फिल्मीखबर, काठमाण्डौ, 2011/10/19

निर्देशक दीपक रायमाझीको ५८ बर्षको उमेरमा निधन भएको छ  । २३ बर्षअघि चलचित्र 'भाग्य रेखा' पहिलो पटक निर्देशन गरे यता हालसम्म सक्रिय रहेका रायमाझीको गए राति साढे १२ बजे हृदयघातका कारण मृत्यु भएको परिवार श्रोतले जनाएको छ ।

 
ह्दयघातले च्यापेपछी उनलाई गंगालाल अस्पताल भर्ना गरिएको थियो तर अस्पताल लगेको केही क्षणमै उनको निधन भएको बताईएको छ । सन् १९८० मा रुसबाट चलचित्र निर्देशनमा स्नाकोत्तर गरेका रायमाझी माया पिरतीको चलचित्र बनाउन बढी रुचाउने निर्देशक हुन । उनले   'युग देखि युग सम्म' कसम, प्रियसी, पराईघर, हाम्रो मिलन कहिले हुन्छ  लगायतका दुई दर्जन बढी सिनेमा निर्देशन गरेका छन् । यस्तै उनीद्धारा निर्देशित चलचित्र 'लभस्टोरी २०६६' र 'चाडै आऊ है' प्रदर्शनको तयारीमा छन् भने 'डेष्टीनेशन काठमाण्डू ' को निर्माण कार्य पूरा भईसकेको छैन । सो चलचित्रको केहि भागको सुटिङ गर्न बाँकि नै छ ।
 
 
हमानायक राजेश हमाललाई यिनै निर्देशकले चलचित्र 'युग देखि युगसम्म' बाट रजतपटमा टेकाएका हुन् । राजेश दिपकका भान्जा हुन् । रायमाझीको दुई छोरी र एक श्रीमती छन् । दिपकका दुबै छोरीको बिहे भईसकेको छ । दिपक कान्छी छोरीको बिहे पार्टीका लागि केहि दिनमा अमेरिका जाने तयारीमा रहेको बुझिएको छ ।
 
 
मंगलबार बेलुकीसम्म स्वस्थ्य रहेका रायमाझीको आकस्मिक निधनले सम्पूर्ण चलचित्र उधोग अहिले शोकमग्न अवस्थामा छ ।  रायमाझीले अत्याधिक मात्रामा मदिरा सेवन गर्ने हुनाले उनको स्वास्थ्य अवस्था बिग्रदै गएको र निधनको प्रमुख कारण पनि रक्सीनै भएको चलचित्रकर्मीको भनाई छ । 
 
 

रायमाझीको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरियो । रायमाझीको पार्थिक शरिरमा अन्तिम श्रद्वान्जली दिन चलचित्र क्षेत्रका अधिकांश व्यक्तिको आर्यघाटमा बाक्लो उपस्थिती थियो ।

 

यस दुखद घडीमा सोकाकुल परिवारमा धैर्यधारण गर्ने शक्ति इश्वरले प्रदान गरुन् भन्दै दिवँगत आत्माको चिर शान्तिको कामना सहित फिल्मीखबर डटकम परिवार हार्दिक समवेदना प्रकट गर्दछ ।