हुन त उनीहरू साथी मात्र होलान् तर सार्वजनिक स्थानमा उनीहरूको हाउभाउले अर्कै छनक देखाउदा भने यो गसिप म्यान कहिलेकाही अचम्ममा पर्छ । जसको चर्चा यसरी गरौ ।
पछिल्लो समय रूचाईएकी कोरियोग्राफर रेनाशा राई प्रोड्यूसर प्रभुशम्शेर जवराको छोरा प्रज्जवल शम्शेरसंग नजिक छिन् । प्रिमियर होस कुनै फिल्मी पार्टी हात समाएरै उनीहरू त्यहाँ पुगेका हुन्छन् । प्रज्जवल आईकोर फिल्मसका प्रबन्ध निर्देशक हुन् । यसैगरी रंगमर्की एवं कलाकार अनुप बराल पनि हिरोईन दिया मास्केसंग प्रिमियर समारोहरूमा संगै पुग्ने गर्छन् । मोरी केरको फिल्म सिक सिटीको प्रियिमर देखि दियासंगको अनुपको यात्रा 'के यो माया हो' को प्रिमियरसम्म देखिएको थियो । तर त्यसपछीको मेरो लभस्टोरीको प्रिमियरमा भने अनुप एक्लै उपस्थित भएका थिए ।
यस्तै ब्यायफ्रेण्ड गर्लफ्रेण्डले समेत परिचित हिरोईन ऋचा शर्मा र विनय श्रेष्ठको निकटताको बारेमा प्राय सवै चलचित्रकर्मी जानकार छन् । यि दुई पनि हरेक फिल्मी कार्यक्रममा संगसंगै उपस्थित हुने गर्छन् । अझ यो निकटता यतिसम्मको गहिरो छ कि कुपण्डोल बस्ने बिनयले सिनामंगल बस्ने ऋचालाई हरेक साँझ आफ्नो रातो गाडीमा राखेर ऋचाको घर सम्म ड्रप गरिदिने गर्छन् ।
यस्तै ऋचाकै समकालिन हिरोईन निशा अधिकारी र कुसुमे रूमाल २ का निर्देशक निरक पौडेलको पनि एक समय राम्रो उठबस थियो । उनीहरू पनि एकताका विभिन्न फिल्मी कार्यक्रममा संगै देखिन्थे तर निशा अमेरिका गएर नेपाल फर्किए पछी उनीहरूको सम्बन्धमा दुरी बुढेको बुझिएको छ । तर के कारणले हो त्यो भने खुलेको छैन ।
लामो समयपछी आफ्नै होम प्रोडक्सनको फिल्म कहाँ भेटिएला निर्माण गरेका अभिनेता श्रीकृष्ण श्रेष्ठको पनि सोही चलचित्रबाट डेब्यू गरेकी नायिका स्वेता खड्कासंग निकटता छ । यति सम्मकी यि दुईको निकटतलाई दुवै परिवारले समेत मनपराएका छन् । ढिलो चाँडो श्री र स्वेताको विवाह भएमा कसैले अचम्म मान्नु पर्ने छैन । कारण दुई बर्ष यता यो जोडी पनि हरेक कार्यक्रममा संगै देखिने गरेको छ ।
यस्तै निर्माता समेत रहेका रोज राणा र टेलिचलचित्र अभिनयमा अब्बल ठहरिएकी दमयन्ती अर्थात सौजन्य सुब्बाको सम्बन्ध पनि नजिक रहेको बुझिएको छ । जसकारण टक्कर दुई मुटुको र आउदो कात्तिक ११ गते देखि रिलिज हुन लागेको चलचित्र म छु नि तिम्रो मा रोजले सौजन्यलाई आफ्नो अपोजिटमा खेलाएका छन् । तर यि दुई भने फिल्मी जमघटमा संगै देखिदैनन् ।
यस्तै निर्देशक दीपक श्रेष्ठ पनि विभिन्न सम्बन्धका बारेमा बेलाबेलामा चर्चामा आइरहने चलचित्रकर्मी हुन् । कहिले उनी हिरोईन यूना उप्रेतीसंग नजिक भएको खबर आयो त कहिले यूनाको क्याम्प परित्याग गरी उनले जिया केसीलाई रोजे रे.! जुन कुरालाई आधार मान्ने हो भने पछिल्ला प्रोजेक्टमा यूनालाई निरन्तर लिईरहेका दीपकले दुई महिना अघि छायाकंन सकिएको चलचित्र पूरानो हुदैन मायामा जियालाई नै लिएका थिए ।
यस्तै हिरोईन रेजिना उप्रेती र डिरेक्टर सोभित बस्नेतको अफएयर गसिपले सञ्चार माध्यममा पेजहरू नभरिएका हैनन् । यि दुईको निकटता यति सम्मको छ कि प्राय आफ्ना प्रोजेक्टमा सोभितले रेजिनालाई खेलाउन बिर्सदैनन्। चलचित्र नगरीमा अफएयरको चक्करमा धेरै चलचित्रकर्मी छन् कोही अघोषित रूपमा छन् त कोही घोषित रूपमै । कोही स्क्रिनमा जोडी भएर निरन्तर देखिरहे भने उनीहरूलाई दर्शकले पनि जोडीको रूपमा ब्याख्या गरिए । जसको उदाहरणमा तितो सत्यका हिट जोडी दीपक राज गिरी र दीपाश्री निरौला पर्छन् ।
यस्तै चलचित्र क्षेत्रमा एक समय निरन्तर देखिएका महानायक राजेश हमाल र करिश्मा मान्नधरलाई पनि दर्शकले रूचाएको जोडी थियो । कतिपय चलचित्रकर्मीहरुले पनि करिश्मा र राजेशको जोडीलाई मुक्तकण्ठले प्रशंसा गर्छन् । तर यि दुईको प्रेम थियो वा थिएन त्यो भने न त हिजो थाहा भयो न भोली हुनेछ । किन कि राजेश र करिश्मा अन्य सेलिब्रिटी भन्दा आफ्ना पर्सनल कुरालाई निकै गोप्य राख्छन् ।
यस्तै नयाँ जेनेरेशनका निर्देशक सुदर्शन थापा र हिरोईन सुष्मा कार्कीको खुला प्रेम छ । सुष्माले सञ्चारमाध्यममै खुलेर भन्ने गर्छिन् सुदर्शन मेरो ब्याय फ्रेण्ड हुन् भनेर जुन कुरा सुदर्शन पनि स्वीकार्छन् । यस्तै भविष्यमा यिनीहरूको पनि विवाह भैहाले अचम्म नमान्दा हुन्छ । किनकी सुष्माको घरमा सुदर्शनको आवतजावत राम्रो छ ।
यस्तै प्रेम पश्चात विवाहमा परिणत भएका थुप्रै चलचित्रकर्मी पनि यहाँ छन् । यस्तै पुरानलाई बिर्सिएर नयाँ चलचित्रकर्मीको सम्बन्धको बारेमा लेख्ने हो भने प्रेम पछि विवाहमा परिणत भएको निखिल उप्रेती र संचिता लुइँटेलको खबर अझै सेलाएको छैन । विवाहको बारेमा कुनै त्यस्तो धारणा निखिलबाट नआएपनि उनको नासोले संचिताको कोखबाट धर्तिमा पाईला टेकेको पनि दुई महिना वितिसक्यो । यस्तै ऋचा घिमिरेको पनि निर्देशक शंकर घिमिरेसंग एक बर्षको इलु-इलु पश्चात विवाह भएको हो ।