मिति : २०८१ मंसिर १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रमेशजंगको पूर्वाञ्चल दौडाहा

अर्पण ढकाल, धरान, 2011/10/21

मङसिर २ गते बाट देशभर एक साथ प्रदर्शनमा आउन लागेको चलचित्र "मलाई मन पर्‍यो" को प्रोमोसनमा चलचित्रका निर्माता रमेशजंग रायमाझी ब्यस्त हुन थालेका छन् । काठमाडौमा यहि आइतबार चलचित्रको जानकारी दिन प्रेसमिट र अडियो बिमोचन गर्न लागेका रायमाझीले पूर्वी नेपालमा आएर चलचित्रको प्रचार प्रसार गरेका छन् ।


पूर्वको बिराटनगर घर भएका रायमाझीले स्थानीय एफएम, टेलीभिजनमा पुगेर चलचित्रको बारेमा जानकारी गराएका थिए । धरानको दन्तकाली एफएम, इटहरीको सप्तकोसी एफएम, दमकको पाथिभरा एफएम, दमककै हिमशिखर टिभीमा पुगेर रायमाझीले आफ्नो चलचित्र बारे अन्तर्वार्ता दिए ।आफुले निर्माण गरेको पहिलो चलचित्र "नाइ“ नभन्नु ल " लाई दर्शकले अत्याधिक रुचाएकोले त्यो भन्दा अझ बढी मेहनत गरेर उत्कृष्ट चलचित्र बनाएको उनको दाबी थियो ।


त्रिकोणात्मक प्रेमकथामा निर्माण भएको चलचित्र सस्पेन्स समेत रहेको उनले बताए । त्यसो त चलचित्रका नायक जीवन लुइटेल अस्ट्रेलिया र नायिका निरुता सिंह भारतबाट फर्केर नेपाल आएकोले चलचित्रको प्रमोसनमा कलाकारले गर्दा थप सहयोग पुग्नेमा रायमाझी बिश्वस्त देखिन्थे । चलचित्र पूर्वमा धरान, बिराटनगर, दमक, बिर्तामोड लगायतका स्थानबाट प्रदर्शनमा आउने छ ।   

 

चलचित्रलाई भद्र भुजेलले निर्देशन गरेका हुन् । थुप्रै चलचित्रमा सहायक निर्देशक भएर अनुभव बटुलेका निर्देशक भुजेलको यो डेब्यू चलचित्र हो । निर्देशक भुजेलले चचिर्त निर्देशक शिब रेग्मीको अधिकांश चलचित्रमा सहायक भएर काम गरेका छन् । चलचित्रमा निरुता सिंह, जीवन लुइटेल, राजबल्लभ कोईराला, मिथिला शर्मा, सुष्मा कार्की, विजय देउजाको साथमा बालकलाकार साल्भिका रायमाझी र रुजन फुयाँलको मुख्य भुमिका रहेको छ ।


शम्भुजित बाँस्कोटाको संगीत रहेको चलचित्र "मलाई मन पर्‍यो" मा बिकाश आचार्यको लेखन, शम्भु सापकोटाको छायाँकन, हिमाल केसीको द्धन्द्ध, बसन्त श्रेष्ठ, कविराज र शंकर बिसीको नृत्यनिर्देशन रहेको छ । चलचित्रमा पाँच गीत समावेश गरिएको छ । जुन गीतहरू अहिले एफएमहरूमा घन्किरहेका छन् ।