हिरोईन सौजन्य सुब्बासंग निकटताको सम्बन्धका बारेमा बिहिबार फिल्मीखबरमा प्रकाशित खबरलाई रोज राणाले खण्डन गरेका छन् । चलचित्र क्षेत्रसंग सम्बन्धीत कुनै पनि महिलासंग आफ्नो सम्बन्ध अहिले सम्म नरहेको र आगामी दिनमा पनि नहुने भन्दै उनले सौजन्यसंग आफ्नो सम्बन्ध केवल फिल्ममेकर र कालाकार भन्दा माथिको नरहेको भनि प्रष्ट पारेका छन् ।
रोजले यस अघिको चलचित्र 'टक्कर दुई मुटु' को र आउदो भाईटिकाको दिन देखि रिलिज हुन लागेको चलचित्र 'म छु नि तिम्रो' मा सौजन्यलाई रिपिट गरेपछी उनीहरुको निकटताको बिषयलाई अन्य चलचित्रकर्मीको रिलेसन प्याकेज न्यूजमा सो कुरा समावेश गरिएको थियो। तर रोजले शुक्रबार बिहान सो खबर पढेप पश्चात हुदै नभएको सम्बन्धको खबरले पारिवारिक मामलामा दख्खल पुर्याएको भन्दै आपत्ति जनाएका हुन् ।
रोज सौजन्यको कुरालाई खण्डन गर्दै भन्छन्, 'मेरा छ वटा फिल्म मध्ये राजेश हमाललाई तीन पटक दोहोर्याएको छु । यस्तै निर्देशक मदन घिमिरे र ऋषि न्यौपानेलाई पनि तीन-तीन वटा चलचित्र निर्देशन गर्न दिएको छु । चार प्रोजेक्टमा मैले बिराज भट्टलाई लिएको छु । उता निखिल उप्रेती, अर्जुन कार्कीलाई पनि दोहोर्याएको थिए । अझ भनौ विपना थापा र सज्जा मैनालीलाई पनि मैले मेरा चलचित्रहरुमा दुई पटकसम्म दोहोर्याएको छु । त्यसैले अब भन्नुस दोहोर्याएकै आधारमा उनीहरुको सम्बन्धलाई तपाई के भन्नु हुन्छ ? तर रोज जी, शो बिजनेसमा सक्रिय भएपछी गसिप भन्ने कुरा पनि त बुझ्नु पर्यो नि !