आज राजधानीमा कुनै पनि चलचित्रको सुटिङ गरिएको छैन । नेपाल चलचित्र प्राबिधिक संघको १० औं साधारण सभा कार्यक्रमले गर्दा फ्लोरमा रहेका सबै सुटिङ आजको लागि स्थगित गरिएको हो । सुटिङ स्थगित गरेर प्राबिधिकहरू कार्यक्रममा उपस्थित छन् भने कलाकारहरू घरमा आराम गरेर बसिरहेका छन् ।
अहिले राजधानीमा प्राबिधिक संघको ११ औं साधारण सभा कार्यक्रम भईरहेको छ । सो कार्यक्रमा अधिकांश प्राबिधिक तथा केहि निर्माता, निर्देशक अनि कलाकारको उपस्थिती रहेको छ । आजै संघले आफ्नो नयाँ कार्यसमिती समेत चयन गर्दै छ । चुनावी प्रक्रियाबाट नयाँ कार्यसमिती चयन गर्न लागिएको संघका अध्यक्ष सन्तु तामाङले फिल्मीखबरलाई बताए ।
यसैगरी संघले आफ्नो बर्षगाँठको अवसरमा केहि प्राबिधिकहरूलाई सम्मान समेत गरेको छ । बिहान करिब आठ बजेबाट शुरू भएको सो कार्यक्रम बेलुका सम्म चल्ने छ । प्राबिधिक संघको कार्यक्रममा सञ्चारकर्मीको भने खासै उपस्थिती देखिएनन् । सञ्चारकर्मीका अनुसार निमन्त्रणा नगरेकाले थाहा नपाएर नगएको बताएका छन् ।