मिति : २०८१ मंसिर १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्राविधिक संघको अध्यक्षमा सन्तु तामाङ यथावत, अठार सदस्य नयाँ कार्यसमिति गठन

फिल्मीखबर, काठमाण्डौ, 2011/10/22

विगत १२ बर्ष देखि चलचित्र प्राविधिक संघको अध्यक्ष पद सम्हालिरहेका श्रृङगारक सन्तु तामाङ प्राविधिक संघको अध्यक्ष पदमा यथावत रहेका छन् । आज काठमाण्डूमा भएको संघको दशौ साधारण सभामा अध्यक्षका प्रत्यासी उम्देवार शिशिर राणालाई पैतालिस मतको अन्तरले हराउदै तामाङ सो पदमा निर्वाचित भएका हुन् ।



सन्तुले मतदानमा खसेको कुल १ सय ९६ मत मध्ये १ सय मत प्राप्त गरेका थिए । २ सय ५ सदस्य संख्या नविकरण रहेको संघको आजको साधारण सभाबाट १८ सदस्य कार्यसमिती अर्न्तगत उपाध्यक्षमा शेषराज सुवेदी र दीपककुमार वान्तवा निर्वाचित भएका छन् । लाईट म्यान शेषराजले १ सय ८ मत प्राप्त गरे भने छायाँकार वान्तवाले ८० मत पाएका थिए । यसैगरी प्रोडक्सन कन्टोलर अनन्त प्रसाद तिमिल्सिनाले ८३ मत प्राप्त गर्दै  संघको महासचिव पदमा आफ्नो नाम दर्ता गराउन सफल भएका छन् । उनले महासचिवका प्रत्यासी कुमार सिलवालाई १६ मतको अन्तरले हराएका हुन् ।


यस्तै सचिव पदमा केशव घिमिरे निर्विरोध चयन भएका छन् भने मध्यस्तकार्ताको आग्रहमा सजन श्रेष्ठले उम्देवारी फिर्ता लिएपछी ९ सदस्य पनि निर्विरोध चयन भएका छन् ।  नौ सदस्यमा धन्दिप योञ्जन, तारा थापा 'किम्भे', बोधराज पौडेल, गीता पौडेल, अञ्जु लामा, नवीन पुरी, दीब्यराज सुवेदी, हेम कुमार शाह र निरज पौडेल छन् । मध्यस्तकर्तामा निर्माता संघका अध्यक्ष राजकुमार र्राई, महासचिव केशव भट्टर्राई, निर्देशक आकाश अधिकारी, कलाकार सुनिल थापा तथा मोहन निरौला थिए ।

 

यसैगरी हरि सिलवालले उम्मेदवारी फिर्ता लिएपछी रत्न ढकाल संघको कोषध्यक्षको पदमा निर्विरोध चयन भएका छन् । तर हरिले कोषध्यक्षबाट उम्मेदवारी फिर्ता लिए पनी निर्वाचन स्थलमै बसेको प्राविधिक संघको नयाँ कार्यसमितिको पहिलो बैठकले मनोनित कोटा अर्न्तगत  सह-कोषाध्यक्षमा हरी सिलवालाई पुनः चयन गरेको छ भने सोही बैठकले मनोनित अर्न्तगतनै मनोज केसीलाई पनि तृतीय उपाध्यक्ष र सह-सचिवमा मेघराज पौडेललाई चयन गरेको छ । भब्य रूपमा सम्पन्न प्राविधिक संघको निर्वाचनमा निर्देशक राजेन्द्र शलभ प्रमुख निर्वाचन आयूक्तको रूपमा खटिएका थिए भने सञ्चारकर्मीद्धय भरत शाक्य र विजयरत्न तुलाधर निर्वाचन अधिकृतका रूपमा थिए ।


यस्तै प्राविधिक संघको आजको साधारणसभाले १२ जना प्राविधिकहरूलाई चलचित्र प्राविधिक सम्मान प्रदान गरेको छ । जसमा कला निर्देशक दीनेश लामा, स्थल ध्वनी निर्देशक मनोज लामा, छायाँकार शिव ढकाल, सम्पादक बनिष शाह, लाईटम्यान सन्तोष गुरूङ, मेकअपम्यान अशोक रोका, स्पट कष्ट्यूम डिजाईनर धनबहादुर भण्डारी, हेयर ड्रेसर शोभा श्रेष्ठ, किचन तर्फ सानु तामाङ, स्थल सहयोगी नन्द पुनः मगर त्यसैगरी प्रोडक्सन कन्टोलर गणेश सापकोटा र स्टील फोटोग्राफी तर्फ राजभाई सुवाल रहेका छन् । उनीहरूलाई चलचित्र क्षेत्रमा लामो समय देखि योगदान पुर्‍याए वापत सम्मान गरिएको हो ।