नेपाल जस्तो विकासोन्मुख मूलकका जनतालाई अमेरिका एउटा सपनाको देश हुन सक्छ । जुन देशमा बस्नका लागि बृद्ध देखि बालक अनि बयष्कहरूको रूची बढ्ने क्रमले नेपालबाट बर्षेनी सयौंको संख्यामा नेपालीहरू अमेरिका प्रस्थान गरिरहेका छन् ।
कोही डिभी लोटरी मार्फत त्यतैको नागरिक बनेका छन् भने कोही अन्य प्रक्रियाले । तर ११ महिने अमेरिकी बर्साई पछी नेपाल फर्किएका निर्देशक राजेन्द्र शलभलाई भने अमेरिकाले तानेन । अझ ग्रिनकार्ड भनेर मरिहत्ते गर्नेहरूका लागि उनले गतिलो उदाहरण समेत दिन भ्याएका छन् । अमेरिकामा महिनौ बसुन्जेल उनले ग्रिनकार्डका लागि एप्लाई गरेनन् तर नेपाल फर्किने बेलामा साथीभाईहरूको आग्रहलाई टार्न नसक्दा उनले ग्रीनकार्ड फारम भरे र तुरून्तै नेपाल फर्किए । नेपाल फर्किएको तीन महिना पश्चात उनलाई अमेरिकाले ग्रिनकार्डका लागि योग्य ठहरायो । तर शलभलाई भने सो ग्रिनकार्ड मोहले तानेन ।
शलभ आईन्दा अमेरिका बसोबासका लागि नजाने पनि भएका छन् । हाल उनी सिजी इन्टरटेन्मेन्टको महाप्रवन्धकको पदमा सक्रिय छन् । शलभ करिब डेढ बर्ष अघि बाँकि जीवन उतै विताउने मनशायले अमेरिका गएका थिए तर त्यहाँको काम गर्ने शैलीले मान्छेलाई मेसिन बनाईदिएको भन्दै उनले भने, 'हामी त कमसेकम महिनामा बाँच्छौं त्यहाँ त घण्टामा बाँच्नु पर्दो रहेछ ।' अमेरिकामा घण्टाको हिसावले काम गर्ने चलन छ जसकारण घण्टाको आधारमा आउने पैसाको लोभमा प्रवासी नागरिकहरूले आफ्नो निजि जीवननै विर्सिसकेको उनको तर्क छ ।
करिब डेढ महिनाको अमेरिकी जागिरे जीवनको अनुभव समेत सुनाउदै उनले भने 'नेपालबाट अमेरिका गएका अधिकाशं मानिस साधारण पेशामा संग्लन छन् जसले आबश्यक्ता भन्दा ज्यादा काम गर्नु पर्ने हुन्छ । उनीहरूको जीन्दगी यति ब्यस्त छ कि परिवारका लागि समयनै हुदैन ।' उनको भनाईलाई आधार मान्ने हो भने पनि डेढ दशक देखि अमेरिकाकामै बसोबास गरिरहेका अभिनेता सरोज खनाल, सारंगा श्रेष्ठ, पूजा चन्द, गायक कर्णदास, दीपेश किशोर भट्टर्राई, यम बराल अनि गौरी मल्लले पनि साधारण पेशामा ब्यस्त जिवन विताईरहेको बुझिएको छ ।
अमेरिकाको ग्रिनकार्डलाई बहिष्कार गरेका शलभले छिट्टै नै चलचित्र निर्देशन गर्ने सोच पनि बनाएका छन् । तर कहिले हुन्छ निश्चित भईनसेको उनको भनाई छ । उनले बिजय पराजय, भाउजू, परिभाषा र पछिल्लो पटक भन्नै सकिन चलचित्र निर्देशन गरेका थिए ।