मिति : २०८१ मंसिर १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कस्ले गर्छ व्ल्याक मेल ?

फिल्मीखबर, काठमाण्डौ, 2011/10/23

चाहे शत्रु हुन् या चाहे साथीभाई या परिवार जहाँ पनि बदलाको भाव हुने गर्दछ । कुनै बदलाले उग्र रूप लिन्छ भने कुनै बदला सामान्य रूपले नै साम्य हुन्छ । गत बिहिबारबाट छायाँकनमा गएको चलचित्र 'ब्ल्याक मेल' ले पनि यस्तै बदलाको भाव बोकेको छ । चलचित्र भित्र कस्ले कस्को बदला लिन्छ र त्यो बदलाको स्वरूप कस्तो हुनेछ त्यसका लागि त चलचित्रको प्रदर्शन मितीलाई नै कुर्नुपर्ने छ ।

 

मधुसुदन भट्टराईले निर्देशन गर्दै गरेको चलचित्र 'ब्ल्याक मेल' को अहिले राजधानीमा छायाँकन भईरहेको छ । सस्पेन्स, थ्रिलर तथा एक्सनको साथमा त्रिकोणात्मक प्रेमकथामा आधारित रहेर निर्माण शुरू गरिएको सो चलचित्रलाई शरद अधिकारीले निर्माण गर्न लागेका हुन् । केहि महिना अगाडी नायक र निर्माता निर्देशकको बिबादमा मुछिएको चलचित्र 'ब्ल्याक मेल' मा सुमन सिंह, जीवन लुईटेल, स्वेता भट्टराई, आरपी पन्त, दिनेश शर्मा, शैलजा पाण्डे, रश्मि भट्ट तथा राजन महतले अभिनय गर्दैछन् ।

 

'तिमी जहाँ भए पनि' र 'मानव' जस्ता सानो व्यानरको चलचित्रमा अभिनय गरेकी स्वेताको यो पहिलो ठूलो फिचर फिल्म हो । भर्खरै सम्पन्न डि सिने अवार्डमा 'तिमी जहाँ भए पनि' बाट नवनायिकाको नोमिनेशनमा समेत परेकी स्वेता २ बर्ष अघि मात्र यस क्षेत्रमा लागेकी हुन् । पोखराको हावापानीमा हुर्केकी स्वेता आफू भन्दा सिनियर कलाकारसँग पहिलो पटक आमनेसामने हुँदा केहि नर्भस भएको बताउँछिन् । शुरूका दिनमा केहि नर्भस भएकी थिएँ तर अहिले भने उहाँहरूको सहयोग र मायाले काम गर्न सजिलो र रमाईलो पनि लागेको छ', स्वेता भन्छिन्, 'सबैजनाले साथीको व्यवहार गर्नुभएको छ ।'

 

नायिका निशा अधिकारी, ऋचा शर्मा, दिपशिखा शाही हुँदै स्वेता सम्म आएका निर्देशक भट्टराईले पनि कथा सुहाउँदो नायिका भेटेको बताए । उनले भने, 'नायिका छनोटको बारेमा धेरै बिबाद आएपनि अहिले म स्वेताबाट सन्तुष्ट नै छु ।' यता चलचित्रका कलाकारहरूले पनि उनको काम राम्रो भएको प्रतिक्रिया दिए ।

 

करिब ५० दिनको सेड्यूल निकालेर छायाँकन शुरू गरिएको सो चलचित्रमा काठमाण्डौ, जोमसोम, पोखरा, लुम्बिनी, चितवन लगायतका स्थान समेटिने भएको छ । शिबम अधिकारीको कथा रहेको चलचित्र 'ब्ल्याक मेल' मा अर्जुन पोखरेल र बिपिन आचार्यको संगीत, शिब ढकालको छायाँकन, योगेन्द्र श्रेष्ठको द्वन्द तथा प्रदिप श्रेष्ठको करियोग्राफी रहने छ । बिदेशबाट प्रदर्शनको शुरूवात गर्ने लक्ष्य लिईएको सो चलचित्रको लगानी करिब ७० लाख रहने निर्माता अधिकारी बताउँछन् ।