विगत दुई बर्ष देखि आफूले डेब्यू गराएको हिरोईन स्वेता खड्कासंग हरेक फिल्मी कार्यक्रममा देखिदै आएका अभिनेता श्रीकृष्ण श्रेष्ठ पहिलो पटक स्वेता विना फिल्मी जमघटमा देखिए । सोमबार बिहान आफु अभिनित चलचित्र 'हाम्रो माया जुनी जुनीलाई' को प्रेस मिटमा एक्लै आएका श्रीकृष्ण अन्य समारोहमा स्वेता हुँदाको जस्तो हाउभाउमा थिएन । तर उनी रिजर्भ चाहि थिएनन् ।
अत्याधिक एक्सरसाईजका कारण चाहिने भन्दा बढी शरिर बनाएको बिषयमा समेत कम्प्लेन खेप्दै आएका श्रीकृष्ण केहि स्लिम पनि देखिएका थिए । विरामी भएका कारण अनुहारमा दाग समेत रहेको उनको फेस अहिले पूरै क्लिन देखिन्थ्यो । सर्ट पाईन्टमा जेन्टल भएर उपस्थित भएका श्रीकृष्णको नयाँ लुक्सलाई सञ्चारकर्मी लगायत 'हाम्रो माया जुनी जुनीलाई' का टीमले पनि तारिफ गरेको थियो ।
ब्यामका कारण भद्दा उनको छाति निकै घटेको छ । जसकारण उनी सुहाउँदा देखिएका छन् । श्रीकृष्णसंग स्वेता आजको कार्यक्रममा संगै देखिनु आवश्यक नरहेपनि उनले निजी कार्यक्रममा स्वेतालाई डोर्याउन भने छुट्दैनन् । किन कि स्वेतालाई उनले होम प्रोडक्सनको फिल्म कहाँ भेटिएलाको प्रिमियर देखि भर्खरै सम्पन्न चलचित्र निर्माता संघको कार्यक्रममा पनि संगै डोर्याएको रेकर्ड छ ।
सञ्चारमाध्यमा यि दुई बिच प्रेमको हल्ला चलिरहँदा पनि सँगै कार्यक्रममा देखिनि कुनै नौलो त हैन । तर हरेक कार्यक्रममा एकसाथ देखिने जोडी यसरी छुट्दा केहि अनौठो लाग्छ नै । त्यसैले यो जोडी जोडिदा हैन छोडिंदा अचम्म मान्नु पर्ने अवस्था देखिन्छ ।