मिति : २०८१ मंसिर १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

एघार गते रिलिजको रहस्य

फिल्मीखबर, काठमाण्डौ, 2011/10/27

रोज राणाले निर्माण गरेको चलचित्र 'म छु नि तिम्रो' कात्तिक ४ गते रिलिज हुने कुरा थियो तर  तीन साता अघि एकाएक सो चलचित्र ४ गते नभई एघार गते रिलिज हुने कुरा बाहिर आयो । जस अनुरूप चलचित्रका नायक समेत रहेका रोजले ११ गतेको रिलिज डेटलाई ब्यापक प्रोमोशन गरे ।

 

एकाएक रिलिज डेट पोष्टपोण्ड भएपछी उनलाई मिडिबाट विभिन्न प्रश्नहरू पनि आए आखिर किन रिलिज डेट सारियो ? रोजले विभिन्न कारण देखाए । कोहीलाई वितरकको दवावमा आफ्नो फिल्मको रिलिज डेट सारिएको प्रतिक्रिया दिए त कोहीलाई विगतको चलचित्र जुधाए जसरी नै प्रदीप उदयको चलचित्र 'हाम्रो माया जुनी जुनीलाई' संग जुधाउनकै लागि फिल्मको रिलिज एक साता सारेको बनावटी प्रतिक्रिया दिए । तर ती जवाफहरूलाई काट्दै 'म छु नि तिम्रो' को  रिलिज डेट एघार गते राखिनुको  कारण खुलेको छ ।

 

रोज गएको बर्ष माघ महिनाको ११ गते अदालतबाट तीन मुद्धामा एकैसाथ क्लिन चिट पाउदै जेल मुक्त भएका थिए । त्यसैगरी उनले जेल मुक्त भएको ठीक एक महिना पश्चात फागुन ११ गते देखि 'म छु नि तिम्रो' को सुटिङ सुरू गरेका थिए । जेलबाट मुक्त भएपछी उनी आजकाल टेन्सनमा छैनन् र पहिलेका जस्तो विवादमा पनि छैनन् । जसको मुख्य कारण ११ गतेको आफ्नो क्लिन चिटलाई उनले लकको रूपमा हेरेका छन् ।

 

यस्तै ११ गतेदेखि छायाकंन सुरू गरिएको उनको चलचित्रको मेकिङ सोचे भन्दा पृथक भएपछी उनी झन ११ प्रेमी भएका हुन रे !  जस अनुरूप जिवनका हरेक राम्रा कामलाई रोजले ११ गतेको दिनमा इतिश्री गर्ने बताएका छन् ।  जस अनुरूप उनले 'म छु नि तिम्रो' को रिलिजलाई ४ गतेबाट ११ गतेलाई सारेको बताएका छन् ।  उनको छैठौ प्रोजेक्ट म छु नि तिम्रो लाई ११ गतेको साईतले कस्तो सफलता  दिने हो त्यसको हामी प्रतिक्षामा छौं ।