प्रेमिका मधुसंग यहि बर्ष विवाहको तयारीमा रहेका महानायक राजेश हमालको बिवाह गर्ने मन परिवर्तन गरिदिएर एकाएक चर्चामा आएका युवा ज्योतिष हरिहर अधिकारीपनि नायकको रूपमा अनुबन्धीत भएका छन् ।
निर्माता किरण कुमार घर्तिले निर्माण गर्न लागेको चलचित्र 'प्रेमको लहर'मा उनी राजेश हमालको छोरो भएर अभिनय गर्ने बताईएको छ । चलचित्रलाई ओस्कार कलेजका विद्यार्थी रोहित अधिकारीले निर्देशन गर्दैछन् । हमाल हाल अमेरिकामा रहेकाले उनी फर्किन साथ सो चलचित्रको छायाकंन सुरू गरिने महानायकका सहयोगी चिरञ्जीवी आचार्यले जानकारी दिए । १९ बर्षीय युवा ज्योतिष अधिकारीले महानायकको विवाह मनस्तिथि बदलिदिएकै कारण उनले राष्ट्रिय साप्ताहिकहरूमा अर्न्तवार्ता दिन पनि भ्याए भने आफूपनि सेलिब्रेटीको रूपमा परिचित भए ।
यस्तै हमालको मन बदलिदिएको कारण ज्योतिष अधिकारीले हिमालय टेलिभिजनमा प्रत्येक शनिबार लाईभ मार्फत हेल्लो फिउचर नामक कार्यक्रम चलाउने अफर पनि पाए । उनले सो कार्यक्रम चलाएको एक महिना भैसक्यो । ज्योतिष अधिकारीले प्रेमिकानै शत्रु रहेको भनी ज्योतिष्याई गरिदिएपछी हमाल प्रेमिकासंग झस्किएका हुन । यति मात्र हैन यी युवा ज्योतिषले २०१४ भित्र मधुसंग ग्रह शान्ति विना बिवाह गरेको खण्डमा दुई मध्ये एकको मृत्यु हुने तथा राजेशको नराम्रा दिन सुरू हुने भष्यिबाणी गरिदिएपछी राजेशको मन बदलिएको हो । जुन कुरालाई महानायकले पनि अमेरिका प्रस्थान गर्नु अघि फिल्मीखबरसमक्ष स्बीकारेका थिए ।
हमालले ज्योतिष अधिकारीलाई घरमै बेलाएर आफ्नो विवाहको समय निकाल्न आग्रह गरेपछी ज्योतिषले उनको विवाह सम्बन्धमा त्यस्तो भविष्यबाणी गरिदिएका थिए । जसकारण विवाहको समयमा प्रेमिका सार्बजनिक गर्ने मुड बनाएका हमाल २०१४ अघि विवाह नगर्ने मुडमा छन् । ज्योतिष अधिकारी उमेरले सानो भएपनि उनले धेरैको भविष्यबाणी सफल रूपमा गरिसकेका छन् । जसकारण केही साता अघि मलेसियामा सम्पन्न युवा ज्योतिषको सम्मेलनमा उनले एसियाबाट उत्कृष्ट ज्योतिष अवार्ड जितेका थिए । यहि प्रसंगलाई जोड्दै महानायकलाई अमेरिका प्रस्थान गर्नु अघि फिल्मीखबरले ज्योतिषको भनाईमा लाग्दै तपाई बिवाह नगर्ने मुडमा पुग्नु भएको हो भनि प्रस्न गर्दा उनले भने सायद २०१४ सम्ममा भएन भने कहिलै गर्दिन होला । ज्योतिष अधिकारी पुरानो बानेश्वरमा रहेको एपेक्स कलेजमा स्नातक दोस्रो बर्षमा विसिआईएस विषयमा अध्ययनरत छन् ।