फिल्म छायाकंनको क्रममा एउटै सेटमा काम गर्दागर्दै प्रेममा परी जीवनसाथी बनाएको धेरै उदाहरण छन् तर त्यहि सेटमा काम गर्दागर्दै दीदीभाईको जस्तो पवित्र नाता बनाएको पनि उदाहरण नेपाली सिने उद्योगमा छन् ।
कोहीको दीदी नभएकाले त कसैको दाजु नभएकाले सिने उद्योगमा पवित्र नाता गास्ने चलन धेरै अघि देखि भएको पाईन्छ । जसको उदाहरणमा अभिनेत्री करिश्मा मानन्धर, कलाकार अशोक शर्मा, राजेन्द्र खड्गी, दीलिप रायमाझी, मेलिना मानन्धर, हाल अमेरिकामा रहेकी नायिका जल शाह तथा विपना थापा पनि पर्छन् ।
समयको बदलावसंगै उनीहरूको भाईटीकाले निरन्तरतरता पाउन सकेन । करिश्माले डेढ दशक अघि चलचित्र 'प्रतिक्षा' को छायाकंनको क्रममा मेकअप म्यान सन्तु तामाङसंग भाईको सम्बन्ध जोडेकी थिईन् जुन निरन्तरता उनी अमेरिका नजाउन्जेल सम्म जारी थियो । तर अमेरिकाको केही बर्षको बर्साईपछी उनी नेपाल त फर्किन् र उनले सन्तुसंग बर्षौ अघि बनाएको दीदीभाईको नातालाई नरन्तरता दिन सकिनन् । यो बर्ष निधार खाली रखेकी करिश्मा भन्छिन्, 'अमेरिकाबाट नेपाल फर्किपछी न त सन्तुले मसंग भाईटीका लगाऔ भनेर एक पटक आग्रह गर्नु भयो न मैले ।' उनले नेपाल फर्किएर दुईवटा तिहार मनाई सकिन तर सन्तुसंग पुनः भाईटीका लगाउने प्रयास गरेकी छैनन् ।
यस्तै अर्का चलचित्रकर्मी अशोक शर्माले नीर शाहको श्रीमती उषासंग दुई दशक अघि देखि भाईटीका लगाउदै आएका थिए तर क्रित्रिम भिनाजु नीर शाहसंग उनको खटपटी परेपछी उषासंगको भाईटीकालाई अशोकले निरन्तरता दिन नपाएको तीन बर्ष भैसक्यो । तर शाहसंगको खट्पटीलाई अशोक बेकारको कुरा भन्छन् । उनले भने, 'गएको बर्ष म झापा घरमा दीदीको हातको टीका लगाउन गएको थिए जतिबेला काठमाण्डूमा भएकी उषा भाउजूसंग चाहेर पनि मैले भाईटीका लगाउन पाईन । यो बर्ष भाउजू दिल्लीमा हुनुहुन्छ त्यसैले उहासंग टीका लगाउने सम्भव भएन', अशोक भन्छन्, 'हामीले भाईटीका लगाउन नपाएको तीन तिहार वितेपनी हिजो उहाँले मलाई फोन गरी तिहारको शुभकामना दिनु भएको थियो ।'
यस्तै अभिनेत्री जल शाहले द्धन्द निर्देशक राजेन्द्र खड्गीसंग र दिलिप रायमाझीसंग दाईको सम्बन्ध जोडेकी थिईन् तर उनी पनि अमेरिका गएको सात बर्ष भैसकेकाले जलसंगको भाईटीकालाई राजेन्द्रले र दिलिपले चाहेर पनि निरन्तरता दिन सकेका छैनन् । यस्तै भाईटीकालाई निरन्तरता नदिने चलचित्रकर्मीको लिष्टमा अभिनेत्री मेलिना मानन्धर र हाल भारतमा घरजम गरेर बसिरहेकी विपना थापा पनि पर्छिन् । यि दुई हिरोईनले फोटोग्राफर राजभाई सुवालसंग दाईको सम्बन्ध जोडेका थिए । जुन जोडाई केही बर्षमात्र सिमित भयो ।
मेलिनाले राजभाईसंग तीनवटा भाईटीका मनाईन् तर एक तिहारमा राजभाई बैङकक गएपछी मेलिनाले फोटोग्राफर सुवालसंगको भाईटीकालाई निरन्तरता दिन पाईनन् । जुन यो बर्षको भाईटीसम्म देखिएको छ । मेलिनाले आज छिमिकी दाईलाई सप्तरंगी टीका लगाईदिईन् । तर विपनाको घरजम भारतमा भएकाले चाहेर पनि चाहेर पनि उनले राजभाईसंगको भाईटीकालाई निरन्तरता दिन नसकेकी हुन् ।
यस्तै विगत चार बर्षे देखि गायिका अन्जु पन्तसंग भाईटीका लगाउदै आएका संगीतकार सुरेश अधिकारीले यो वर्ष पहिलो पटक अञ्जुसंग सप्तरंगी टीका लगाउन पाएनन् । अञ्जु कर्न्सटको सिलसिलामा कतारमा रहेकाले उनले आजको भाईटीकामा अञ्जुलाई मिस गरे । तर अञ्जुले ब्यस्तताको बाबजुत एकपटक पनि कल नगरेकाले अञ्जुसंग सुरेश केही असन्तुष्ट देखिएका थिए ।
यसैगरी विगत एक दशक देखि मेकअप म्यान लोकेश थापालाई दाई बनाएर सप्तरंगी टीका लगाईदिदै आएकी रेखाको पनि सो निरन्तरतामा ब्रेक लागेको छ । उनको एक दाई र दुई दिदी विदेशबाट आएकाले उनले यो बर्ष लोकेशलाई तिहारको टीका लगाईदिन पाईनन् । उनले लामो समय पछी आफ्नो दीदी र दाजुहरूसंग एकैसाथ टीका लगाउने मौका पाईन् ।
रेखा भाईटीका मनाउन आजै बिहान माईतीघर मोरङ गएकी हुन । तर लोकेशसंगको भाईटीकालाई आफूले मिस गरेको रेखा भन्छिन् । लोकश दुई बर्षघि सम्म चलचित्र नगरीमा हेयर ड्रेसर भएर काम गर्थै । यस्तै रेखाले गत बर्ष वाईसिएल नेता चन्द्र बहादुर थापा सागरलाई पनि भाईटीका लगाईदिएकी थिईन् तर सागरको परिवारमा यो बर्ष टीका लगाउन नभएपछी उनीसंगको भाईटीकालाई पनि रेखाले दोस्रो बर्षमा निरन्तरता दिन सकिनन् ।