रेखा थापालाई एउटा आरोप लाग्ने गरेको छ कि उनी हिरो फेर्ने नायिका हुन् रे । तर विगतका बर्षहरुलाई मूल्याकंन गर्ने हो भने उनले हिरोसंगै भाईटिकाको अवसरमा दाईहरू पनि फेर्दै आएकी छिन् ।
उनले विगत दश बर्षदेखि हेयर ड्रेसर लोकेश थापासंग भाईटीका मनाए पनि यो बर्ष उनले लोकेशसंग भाईटीका लगाईनन् । कारण उनी भाईटीकाको दिन माईती घर मोरङ गईन् । मोरङमा उनले दुई दाजुलाई भाईटीका पनि लगाईन् जुन तस्बिर उनले टीका लगाउने वित्तिकै आफ्ना फेसबुकका भित्ताहरूमा अपलोड गर्न भ्याएकी थिईन् । तर भाइटीकाकै दिन काठमाण्डू फर्किएपछी रेखाको फेसबुक भित्तामा पुनः अर्को तस्बिर देखियो ।
जसरी उनी हरेक प्रोजेक्टमा निकट रहने नयाँ नायकसंगको तस्बिर सार्बजनिक गर्ने गर्थिन् त्यसैगरी शुक्रबार साँझ उनले कलाकार कमल कृष्णसंग भाईटीका लगाएको तस्बिर सार्बजनिक गरिन् । उनले गत बर्ष माओवादी वाईसिएल इन्चार्ज चन्द्रबहादुर थापा (सागर) संग लगाएको भाईटीकाको तस्बिर पनि त्यसरी नै सार्बजनिक गरेकी थिईन् । जसकारण गत बर्षको भाईटीकाको गसिपले रेखा र सागर चर्चाको पात्र पनि बने ।
सागरसंग यो बर्ष भाईटीका लगाउन नपाएकी रेखाले आफ्नो नयाँ फिल्म रावणका निर्देशक समेत रहेका कमल कृष्णलाई सप्तरंगी टीका र सयपत्रीको मालाले नाता जोड्न भ्याईन् । जुन जोडाई तरिफ योग्य पनि छ । कमलकृष्ण विगत दश वर्ष देखि कलिउडमा सक्रिय छन् । उनी भर्षटायल एक्टर र राम्रा संगीतकार पनि हुन् । विगत एकदशक देखि घर भारत जान नपाएका कमल कृष्णलाई रेखाले यो बर्ष दाईको रूपमा भाईटीका लगाईदिईन् ।
कमलकृष्ण प्रवासी नेपाली हुन् । रेखाले सप्तरंगी टीका लगाउन आग्रह गरेपछी कमल कृष्ण रोएका पनि थिए । 'मेरो निधार दश वर्ष देखि खाली थियो तर रेखाले भाईटीका लगाउन आग्रह गरेपछी मेरो आखाबाट आशु आयो', कमल कृष्णले फोनमा भने । रेखाले यमपन्चकको पहिलो दिन कमल कृष्णलाई भाईटीका लगाईदिने बचन दिएकी थिईन् जस अनुरूप शुक्रबार मोरङमा रहेका दाईलाई टिका लगाउनासाथ उनी काठमाण्डू फिर्किईन् र सगुनको रूपमा पान निम्तो दिदै कमल कृष्णलाई भाईटीका लगाईदिईन् ।
रेखाले आफ्नो दुई दाई सहित अन्य तीन गरी भाईटीका लगाउन थालेको पाँच जना भैसक्यो । तर होम प्रोडक्सनको चलचित्रमा हिरो फेरे जस्तै गरी नयाँ-नयाँ दाई बनाउन थालेकी रेखाको सम्बन्ध हिरोहरूसंग विग्रिए जस्तो नविग्रियोस । शुभकामना नयाँ दाजुबहिनीलाई ।