मिति : २०८१ मंसिर १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

भाग्यमानी करिष्मा

फिल्मीखबर, काठमाण्डौ, 2011/10/29

ससुराको कृतिलाई बुहारीले विशिष्ट ब्यक्तिहरू माझ लोकार्पण गर्न पाउनु पक्कै पनि बुहारीका लागि सौभाग्यकै कुरा हो ।  यो सौभाग्य पाउने भाग्यमानी बुहारी हुन्  नायिका करिष्मा मानन्धर जसले एनआरएन ससुरा ईश्वर मान्धरको हाँस्यव्यङ्ग्य संग्रह 'ठट्यौली भाग २' लाई विशिष्ट ब्यक्ति माझ आज विमोचन गरिन् ।
 


ललितपुरको गोदावरी स्थित आफ्नै निवासमा भएको बृहत कार्यक्रममा विशिष्ट अतिथि हुदै ससुराको कृतिलाई करिष्माले विमोचन गरेकी हुन् । यस्तै कार्यक्रममा प्रमुख अतिथिका रूपमा निम्ताईएका बरिष्ठ चलचित्रकर्मी यादव खरेलले ईश्वर मान्धरको कविता संग्रह 'म आकाश र ताराहरू' को विमोचन गरे । समकालिन साथी समेत रहेका खरेलले ईश्वरको ब्यक्तित्वको चर्चा गरेका थिए । ईश्वर मानन्धर करिष्मा पति एवं निर्माता विनोद मानन्धरका पिता हुन् जो लामो समय देखि लण्डनमा होटल ब्यावसाय गरेर बसिरहेका छन् ।


 
कार्यक्रममा बताईए अनुसार लण्डनमा नेपाली रेष्टुरा खोल्ने पहिलो ब्यक्ति ईश्वर मान्नधर नै हुन रे ! यस्तै ससुराको कृति विमोचन गरेकी अभिनेत्री मानन्धरले साहित्य प्रति आफ्नो रूची त्यति नभए पनि ससुराको यो कृति पक्कै पढ्ने बताएकी छिन् । 'यस अघि पनि बुवाले पुस्तकहरू प्रकाशित गर्नु भएको थियो जसलाई मन लगाएर मैले पढिन तर यो चाहि पक्कै पढ्ने छु'  उनले भनिन् ।

 

करिष्मा फेसन, स्वास्थ्य, अध्यात्म तथा योग सम्बन्धी पुस्तकहरू पढ्न ज्यादा रूचाउछिन् ।  ससुराको पुस्तक विमोचन पश्चात तपाईको कृति चाहि  कहिले सम्म  पढ्न पाईन्छ नि ?  भन्ने फिल्मीखबरको प्रश्नमा उनले अत्तालिदै  भनिन्, 'किताव लेख्ने कुरा त सोध्दै न सोध्नुस बरू म एउटा राम्रो पाठक हुन सकुला तर लेखक चाहि कदापि हुन सक्दिन ।'