मंसिरको अन्तिम साता देखि रिलिज हुने भनिएको चलचित्र प्लान दुई महिना पर धकेलिएको छ । निर्देशक सोभित बस्नेतको ब्यस्तताका कारण निर्धारित समयमा चलचित्रको डविग गर्न ढिला भएपछी सो चलचित्र आउदो माघको पहिलो साता देखि मात्र प्रदर्शनमा आउने निर्देशक बस्नेतले जानकारी दिए ।
'राजको रिलिज हृयाडयाक र क्यू लफडाको कारण म यति ब्यस्त भएकी भनेको समयमा डविङ सुरू गर्न नै पाईन त्यसैले मंसिरमा प्रोष्टप्रोडक्सनको काम नसकिने भएकाले रिलिज डेट सार्नु परेको', सोभितले भने । राज उनको निर्देशनमा निर्माण भएर प्रदर्शनमा आएको पछिल्लो चलचित्र हो जसको प्रदर्शन दशैको छेकोमा भएको थियो । सो चलचित्रलाई हलवाला र वितरकको राजनीतिमा क्यूप्रणालीबाट रातारात उतारिएपछी ठूलो विवाद उत्पन्न भएको थियो ।
यस्तै मंसिरमा रिलिज हुने आफ्नो चलचित्र प्लानको प्रोमोशनमा ब्यस्त रहेकी निर्माता कविता श्रेष्ठ सोभितले डविङका बिषयमा गरेको ढिलाईका कारण केही असन्तुष्ट समेत रहेको बुझिएको छ । जसकारण डविङकै विषयमा कविता र सोभितको मनमुटाव सुरू भएको बताईएको छ । किन कि कविताले मंसिरको रिलिजको लागि प्राय सवै मिडियामा विज्ञापन पेलिरहेकी छिन् । तर्सथ फिल्मको रिलिज पर धकेलिपछी कवितालाई उठ्ने नै भयो रिस ।