मिति : २०८१ मंसिर १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

गणेश टाकिजले हिन्दी चलचित्र देखाउन थाल्यो

अर्पण ढकाल, धरान, 2011/10/31

 हिन्दी  चलचित्रलाई प्राथिमिकता नदिएर निरन्तर रुपमा नेपाली चलचित्र मात्रै प्रदर्शनमा  ल्याउने चलचित्र भवनहरु हामी कहाँ कमै मात्रै छन् । झन् पछिल्लो समय  डिजिटल प्रविधिमा सिनेमा हल परिणत हुन थालेपछी त के गाँउ के शहर   प्रदर्शकहरूले हिन्दी  चलचित्रलाई पहिलो प्राथिमिकता दिएर चलाउने गरेका छन् ।

 

धरानमा  रहेको गणेश टाकिज उपत्यका बाहिरका हलहरु मध्य नेपाली चलचित्रलाई मात्रै प्राथिमिकता दिएर चलाउने हालको रुपमा चिनिन्छ । तर अहिले आएर हलको यो परिचय बदलिन पुगेको छ । बिगत दश वर्ष देखी नेपाली चलचित्र मात्रै  प्रदर्शन गर्दै आएको यो हलले बुधबार बाट हिन्दि चलचित्र रा वन चलाएपछि नेपाली चलचित्र  प्रदर्शनको को निरन्तरतामा ब्रेक लागेको छ । गत जेष्ठ महिना बाट डिजिटल प्रविधिमा परिणत भएको उक्त हलमा क्यूव सिस्टम बाट चलचित्र  प्रदर्शन भइ रहेका छन् ।

 

२०५८ सालको संकटकालको समय देखि हिन्दी चलचित्र प्रदर्शन हुन छोडेको यो हलमा एकदशक पश्चात हिन्दी  चलचित्रको  प्रदर्शन सुरु गरिएको हो । हिन्दी चलचित्र लगाउनु भएछ  नि कारण केहोला  भन्ने फिल्मीखबरको  प्रश्नमा गणेश टाकिज निर्देशक भोला श्रेष्ठले भने प्रतिस्पर्धा र समयको मागले आफू हिन्दी चलचित्र चलाउन बाध्य भएको हु । यस्तै उनले हिन्दि चलचित्र लगाउन थाले पछि गणेश  टाकिजमा कहिलै फिल्म हेर्न नआउने दर्शकहरु पनि आउन थालेका बताएका छन्    ।

 
यस्तै सो हलमा हिन्दी चलचित्र लगाएको कारण भाइ टिकाको दिन देखि  प्रदर्शनमा आएका २ चलचित्र हाम्रो माया जुनि जुनिलाइ र म छु नि तिम्रो पनि लाग्न पाएन । अव हिन्दी चलचित्र रा वन पछि नेपाली चलचित्र म छु नि तिम्रो लाग्ने छ भने त्यो पछि मात्र हाम्रो माया जुनि जुनि लाइ लाग्ने बताईएको छ । पछिल्लो समय प्रविधिमा आधारित भएर नेपाली सिनेमाहरू निर्माण नभएकाले पनि विदेशी चलचित्र निर्माण गर्न  प्रदर्शकहरू उत्साहित हुन थालेका हुन । तर नेपालमा अपेक्षित  रूपमा उच्चकोटीको सिनेमा निर्माण नहुदा सिनेमा हल खाली हुनु स्वाभाविक हो जसको पछिलो उदहारण स्वरूप गणेश टाकिजमा लागेको रा वन लाई लिन सकिन्छ   ।