मिति : २०८१ मंसिर १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कंञ्चन टाकिज पुनः सञ्चालनमा

अर्पण ढकाल, धरान, 2011/10/31

 

सशस्त्र द्धन्दका कारण एक दशक अघि बन्द भएको मोरङ्गको नेता चौकमा रहेको कंञ्चन टाकिज पुनः सञ्चालनमा आएको छ । 
 
दमक स्थित पाथिभरा हलका सञ्चालक चैतन्य बराल र बेलबारी स्थित सारदा हलका संञ्चालक गोपाल सुवेदीको पहलमा पुनः संञ्चालनमा आएको उक्त हलमा नेपाली दर्शकको उपस्थिति सोचे भन्दा माथि भएकाले  आफूहरू अझ उत्साहित भएको सञ्चालकद्धयको प्रतिक्रिया छ । नयाँ प्रविधि र सुविधा सहित हलको पुनः निर्माण भएपछी सो हलमा झोराहाट, रंगेली लगायतका स्थानिय दर्शकहरू उत्साहित भएका छन् ।
 
यहाँका  स्थानिय बासिन्दाले नेपाली चलचित्र हेर्न  कि विराटनगर कि दमक- इटहरी धाउनु पर्ने वा भनौ सिडीको भरमा फिल्मी रोमान्स लिने गर्दथे । तर सो बाध्यतालाई केही हद सम्म  आफूहरूले कम गर्ने प्रयास गर्न कुनै कन्जुर्साई नगर्ने संञ्चालक बरालको भनाई छ । सो टाकिज २०५० सालमा स्थापना भएको थियो जुन आठ बर्ष सञ्चालन भएर  २०५८ साल देखि बन्द भएको  थियो ।  अहिले कंञ्चन टाकिजमा चलचित्र मेरो लभस्टोरी लगाईएको छ ।