नेपाली चलचित्रको नाम लामो राख्ने ट्रेन बढेपछी हाँस्य कलाकार मनोज गुजुरेलले व्यङग्य प्रहार गर्दै भनेका थिए, 'फिल्मको नाम यति लामो हुन थाल्यो कि कण्ठ गर्नै निकै गाह्रो । त्यसैले तपाई निर्माताहरूलाई मेरो आग्रह छ कृपया एक अक्षरमा नाम राख्नु होला । त्यसमाथि पनि खै भन्ने र्टाईटलमा फिल्म बनाए सोही नामकै कारण हिट हुने छ तपाई फिल्म ।'
मनोजले केही बर्ष अघि एक कार्यक्रममा सो व्यङग्य प्रहार गरेपनि उनको सो भनाईलाई हेक्का राख्दै कुनै पनि चलचित्रकर्मीले एक अक्षरमा फिल्म निर्माण गर्ने सोच बनाएनन् । तर निर्देशक रामजी लामिछानेले मनोजको सो भनाईमा आधारित हुदै हेर्दा एक अक्षर देखिने दुई अक्षरमा आफ्नो नयाँ फिल्मको नाम जुराएका छन् । चलचित्रको नाम हो ॐ ।
निर्माता एवं वितरक सुनिल मानन्धरले सोमवार साँझ बागबजारमा रहेको सिने जोन स्टूडियोमा नरिवल फोडी उक्त चलचित्रको सुभसाईत गरे पश्चात चलचित्रको गीत रेकर्डिङ कार्य पनि सोमवार देखि सुरू गरिएको छ । चलचित्रमा संगीतकारको रूपमा दिनेश सुनाम अनुबन्धीत भएका छन् भने मनिषा पोखरेल लगायतका नयाँ गायक गायिकालाई गित गाउने अवसर दिईएको छ ।
चलचित्रको नाम ॐ जुर्राईए पछी उपस्थित चलचित्रकर्मीहरू पनि अचम्मित भएका थिए । कार्यक्रममा ॐ अंकित माला पनि सवैलाई बाडिएको थियो । झट्ट सुन्दा धार्मिक प्रवृतिको नाम लागेपनि निर्देशक लामिछानेले चलचित्रको कथा बस्तु धार्मिक नभई मुख्य क्यारेक्टरको नाम ॐ भनी प्रष्टाए । स्र्टाईलिस एक्सन प्रधान चलचित्रको रूपमा निर्माण गरिन लागिएको सो चलचित्रमा ओम भएर सुमन सिंह अभिनय गर्दैछन् भने झरना थापा उनको अपोजिटमा अनुबन्धीत भएकी छिन् ।
एसपी मुभि मेकर्स प्रालिको ब्यानरमा सुरज प्रधान, करण श्रेष्ठ, भूपाल कार्की र कृष्णी कार्कीले संयूक्त निर्माण गर्न लागेको सो चलचित्र छायाकंनका लागि मंसिरको पहिलो साता देखि फ्लोरमा जाने बाताईएको छ ।