मिति : २०८१ मंसिर १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

धरानमा देखाइयो इकु

अर्पण ढकाल, धरान, 2011/11/01

हिन्दि चलचित्र जस्तै नेपाली चलचित्रमा पनि सिक्वल बनाउने ट्रेन्ड बढ्न थालेको छ । करिब दुई बर्ष अगाडी प्रदर्शन भएर सफलताको झण्डा गाडेको चलचित्र इकु (द जंगल म्यान) को सिक्वलको रुपमा इकु ब्याक अगेनको निर्माण भएको छ । सोहि चलचित्रको धरानमा मंगलवार च्यारिटी शो आयोजना गरियो ।


स्थानीय नेपालीबिज डट कमको आयोजनामा धरानको गणेश टाकिजमा मंगलवार बिहान चलचित्रको च्यारिटी गरिएको हो । च्यारिटी शो
को लागि चलचित्रका मुख्य कलाकार एवं निर्माता सुलेमान शंकर पनि धरान आएका थिए । उक्त च्यारिटी शोमा बिशेष गरि बालबालिका दर्शकको उपस्थिति धेरै देखिन्थ्यो । शो  सकिए पछि सुलेमानलाई धराने दर्शकले घेरेर फोटो खिच्न र अटोग्राफ लिन ब्यस्त भएका थिए ।


एस.एम.एस फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई सगर लामिछानेले निर्देशन गरेका हुन् । सुलेमानको श्रीमती जया शंकरले नायिकाको रुपमा डेब्यु गरेको चलचित्रमा रबि डंगोल, बिष्णु सापकोटा, थिन्ले लोनडुप लगायतको भूमिका रहेको छ । लोपउन्मुख राउटे जातिको मुखियाको रुपमा प्रस्तुत भएका थिन्लेले यसअघि क्याराभनमा अभिनय गरेका थिए । राउटे जातिको संस्कृतिलाई नजिकबाट प्रस्तुत गरिएको चलचित्रमा हास्यरसलाई मुख्य कथा बनाईएको छ ।


चैत्र महिनामा रिलिज गर्ने सोच राखेका सुलेमानले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाए पछि मक्ख देखिन्थे । पहिलो चलचित्र भन्दा हरेक कुरामा बढी मेहनत गरेकोले चलचित्रले सफलता पाउनेमा उनि ढुक्क थिए । एनआरएनको पहलमा बिदेशमा समेत चलचित्र देखाउने सोचमा रहेका सुलेमानले सुरुमा देशका विभिन्न ठाउमा च्यारिटी गर्ने जानकारी दिए ।