मिति : २०८१ मंसिर १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मुकेशको मुड अफ किन भयो ?

फिल्मीखबर, काठमाण्डौ, 2011/11/02

नारी जति सुन्दर हुन्छीन् उनको उपस्थितिले हरेक बिषय बस्तु सुन्दर नहुने त कुरै भएन । तर त्यही नारीको अनुपस्थितिले पुरूष अपूर्ण  भएझै कार्यक्रम अपूर्ण हुनु स्वाभाविक पनि हो । र, यस्तै भयो चलचित्र 'पर्खिराख है' को प्रेस मिटमा जहाँ चलचित्रका मुख्य दुई हिरोईनहरूनै अनुपस्थित थिए ।

 

भर्खरै सुत्केरी अवस्थामा पुगेकी हिरोईन संचिता लुइँटेल  कार्यक्रममा उपस्थित हुन नसक्नु उनको बाध्यता भएपनि अर्की हिरोईन मेलिना मानन्धरको अनुपस्थितिले उनी चलचित्र क्षेत्रबाट  टाढिने सुरमा लागेको छनक देखिएको छ  । किन कि मेलिनाको टुकुटुकु हिड्ने एक बर्षको छोरी पनि भैसकेकी छिन् । जसकारण उनलाई आफ्नो फिल्मको कार्यक्रममा हिड्न कुनै समस्या थिएन तर उनी आफ्नै फिल्मको प्रेस मिटमा अनुपस्थित हुनुले उनी सिनेमा क्षेत्रबाट टाढिने मनशायमा पुगेको अनुमान लगाउन सकिन्छ । तर उनको पति समेत रहेका सोही चलचित्रका हिरो मुकेश ढकाल भने कार्यक्रममा उपस्थित थिए ।

 

चलचित्र हाम्रो माया जुनीजुनीलाईको  पुर्वान्चल   प्रोमोशनबाट धपेडिदै कार्यक्रममा सहभागीता जनाउन आएका मुकेश केही अपसेट देखिन्थे । तर उनको मुड अफ किन भयो भन्ने कुरा   मुकेशले बताउन चाहेनन् । र पनि लाग्थ्यो उनी केही कुरामा असन्तुष्ट पक्कै छन् । कार्यक्रममा चलचित्र 'पर्खिराख है' को अडियो लन्च गरिएको थियो । जसलाई सोही चलचित्रका नायक समेत रहेका निर्माता दिल श्रेष्ठ, मुकेश,  संगीतकार सुरेश अधिकारी, र निर्देशक बाबुराम ढकालले संयूक्त विमोचन गरेका थिए ।

 

 बाबुरामको रिलिजको हिसावले 'पर्खिराख है' दोस्रो चलचित्र भएपनि मेकिङका हिसावले उनको यो पहिलो  चलचित्र हो । उनीद्धारा निर्देशित दोस्रो चलचित्र दुलही केही महिना अघि रिलिज भएको थियो । सुरेश अधिकारीको संगीत समावेश उक्त चलचित्र आगामी मंसिर १६ गतेदेखि देशब्यापी रिलिज हुदैछ । विमोचन पश्चात संगीतकार अधिकारीले यो फिल्मको संगीत कुनै पनि चाईनिज  कन्टिनेन्टल  फाष्टफूड जस्तो  नभई  आफ्नै देशको अदुवा र लसुन हालेर बनाएको तर्क गरेका थिए । जुन संगीत स्वादिष्ट रहेको उनको दावी छ ।

 

यस्तै दिदीभाईको कथा बस्तु समेटिएको सो चलचित्रको भैलिनी गीत यसपालिको तिहारमा अत्याधिक बजेपछी कम रहेको भैलिनी गीतहरूको भण्डारमा एउटा राम्रो गीत भण्डारन गर्न  आफु सफल भएको संगीतकार अधिकारीले दावी गरेका छन् । चलचित्रको ६ वटा गीतमध्ये दुई वटामा अधिकारी को पनि शब्द रहेको छ  ।

 

यस्तै दुई गीतमा विपिन किरण त्यसैगरी  झलकमान गर्न्धर्व  र ज्ञानु शिरिषको शब्द रहेको छ । जसलाई राजेश पायल राई, अन्जु पन्त, उदित नारायण झा, जावेद अलि, सञ्जिवनी र मञ्जिराले गाएका छन ।