एक महिने लामो विदेश यात्रापछि सोमबार नेपाल फर्किएका महानायक राजेश हमाल रुघाखोकीले थलिएका छन् । चाडपर्व पछि एक्कासी बढेको चिसोको कारण उनलाई रुघाखोकी लागेको बताईएको छ ।
आफ्ना प्रर्दशोन्मुख चलचित्रहरुको प्रचारप्रसारमा जुट्ने ध्येय सहित नेपाल फिरे पनि बिरामीका कारण उनी अहिले घरमा आराम गरिरहेका छन् । चलचित्र 'फर्कि आऊ' को प्रर्दशन मिती नजिकिँदै जाँदा प्रचारप्रसारमा जुटेका निर्माण पक्ष पनि राजेश विरामी भएपछि केहि हच्किएको छ । जसले गर्दा बुधबार गर्ने भनिएको चलचित्रको अडियो लञ्च बिहिबारका लागि सारिएको बुझिएको छ ।
कार्तिक १७ गतेदेखि चलचित्र 'किन किन' को बाँकि रहेको केहि दृष्यको छायांकनमा जानुपर्ने भएपनि निर्माण पक्षबाट कुनै जानकारी नभएकोले आफु केहि दिन आराम गरेरै बस्ने सोँच बनाएको राजेश हमालले बताए । साथै उनको पर्खाईमा चलचित्र 'फेसबुक', 'म अनि तिमी', 'मेरो जीवन साथी' लगायतका चलचित्र छन् ।