मिति : २०८१ मंसिर १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कलेज टपर रागिनी

फिल्मीखबर, काठमाण्डौ, 2011/11/03

कहिले काहिं आरोप लाग्ने गर्छ नेपाली सिनेमामा  शिक्षित कलाकार छैनन् भनेर तर समयको बदलावसंग शिक्षित कलाकारहरुको प्रवेशले कलिउड अहिले प्रशंशा गर्न योग्य बनेको छ । जसको पछिल्लो उदाहरणका रुपमा नवनायिका रागिनी खड्गीलाई लिन सकिन्छ ।

 

हुन त राजबल्लभ कोईराला, यूना उप्रेती, जीबन लुईटेल, केकी अधिकारी, निशा अधिकारी लगायतका नयाँ पुस्तका कलाकारहरूले शिक्षित स्टारको ट्याग पाईसेका छन् । तर रिलिज हुन लागेको 'प्लान' चलचित्रबाट डेब्यू गर्न लागेकी हिरोईन रागिनी खड्गी अरु भन्दा अलि भिन्नै रहेछिन् । द्धन्द निर्देशक राजेन्द्र खड्गीको जेठी छोरी रागिनी दश कक्षा सम्म तेस्रो स्थानमा आईरहिन् तर  जव उनी कलेज प्रवेश गरिन् तव उनलाई कलेजका कुनै पनि  बिधार्थीले पढाईमा उछिन्न सकेनन् ।

 

रागिनीले बल्खुमा रहेको क्याम्ब्रिज कलेजमा प्लस टू पढ्दा पहिलो पटक कलेज टपरको उपाधी पाईन् भने ब्याचलर सक्दा पनि उनले बालाजुमा रहेको ग्रिनफिल्ड कलेजबाट कलेज टपरको ट्याग पाईन् । जसकारण आफ्नो पढाईमा एक रुपैया पकेटबाट खर्च गर्नु नपरेको रागिनीले बताईन् । उनी हाल ग्रामिण बिकास विषय लिएर  मास्टर पढिरहेकी छिन् । यस्तै छोरीले निरन्तर कलेज टप गरेपछी राजेन्द्र खड्गी पनि दङ्ग छन्  । उनले भने, 'पढाईकै कारण  मेरी छोरी प्रति म गर्व गर्छु र सिनेमा पनि उनी टप हुन्छिन् भन्ने कुरा मैले विश्वास गरेकी छु ।'

 

यस्तै कलेज टपर रागिनीलाई आफ्नो फिल्बाट डेब्यू गराएका निर्देशक शोभित बस्नेत पनि उनको पहिलो काम बाट निकै प्रभावित भएका छन् । उनले भने, 'रागिनीले यति राम्रो काम गरेको छ कि अर्को प्रोजेक्टमा पनि म उसलाई दोहोर्‍याउने मुडमा छु ।' रागिनी अहिले चलचित्र 'मेरो जिवन साथी' मा लिडरोलमा अभिनय गरिरहेकी छिन् जसको छायाकंन राजधानीका विभिन्न स्थानमा भैरहेको छ ।

 

यस्तै उनलाई विभिन्न चलचित्रबाट अफर आएपनि अहिलेदेखिनै स्क्रिप्टमा चुजी भएको प्रतिक्रिया चलचित्रकर्मीहरूलाई दिनेगरेकी छिन रे उनी भन्छिन  'जस्तो पायो त्यस्तै फिल्म खेल्ने अबको समय हैन त्यसैले स्क्रिप्टमा चित्त बुझेको खण्डमा मात्र मुभि गर्छु ।' रागिनीले मदन घिमिरेको निर्देशनमा भर्खरै छायाकंन सकिएको चलचित्र 'माया गर ल' मा अफर आएर पनि काम गरिनन् ।