मिति : २०८१ मंसिर १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

राज र जीवनको दुरी बढ्दै

फिल्मीखबर, काठमाण्डौ, 2011/11/03

पछिल्लो समय युवापुस्तामा लोकप्रिय बन्दै गएका नायक मध्येका दुई राजबल्लभ कोईराला र जीवन लुईटेल पनि हुन् । यि दुई नायक पहिलो पटक चलचित्र 'कसम हजुरको' मा एकसाथ देखिएका थिए भने दोस्रो पटक 'मलाई मन पर्‍यो' मा देखिंदै छन् ।

 

पहिलो पटक एकसाथ काम गर्दा जीवन र राज निकै मिल्ने साथी भए । बेला बेला हुने कार्यक्रममा भेटिंदा यि दुई निकै बेर गफ पनि गर्थे । दुबै कलाकार साहित्यका पारखी भएकाले पनि कुरा मिल्थ्यो । तर जब दुबैको व्यस्तता बढ्न थाल्यो त्यस पछि यि दुई बिचमा ग्याप बढ्दै गयो । बढ्दै गएको सम्बन्धको दुरीलाई केहि नजिक ल्याउने काम निर्देशक भद्र भुजेलले चलचित्र 'मलाई मन पर्‍यो' मार्फत गरे । चलचित्र 'मलाई मन पर्‍यो' को बेला यि दुई फेरि नजिकिए । तर सुटिङको समाप्ति सँगै फेरि यि दुईको दुरी बढ्दै गयो ।

 

केहि दिन अगाडी चलचित्र 'मलाई मन पर्‍यो' कै अडियो विमोचन समारोहमा भेटिएका राजले जीवन प्रति गुनासो पनि व्यक्त गरेका थिए । उनले जीवन अष्ट्रेलिया जाने बेलामा एक पटक पनि जान लागेको कुरा नभन्दा असन्तुष्टी व्यक्त गरेका थिए । यता जीवनले  हतार भएकाले कसैलाई खबर गर्न नपाएको भन्दै राजसँग माफ पनि मागे ।

 

यसरी हेर्दा लाग्छ यि दुई निकै मिल्ने साथी हुन् । तर त्यसो हुन सकेको छैन ।  अरुका अगाडी यि मिल्ने साथी जस्ता देखिए पनि यथार्थमा यि दुई बिच निकै प्रतिष्पर्धा छ । बुझ्नमा आए अनुसार एकअर्का बिचको प्रतिष्पर्धाले गर्दा राज र जीवनमा केहि मनमुटाव रहेको छ । हुन त यो स्वाभाविक पनि हो की आफ्नो प्रतिष्पर्धीको इगो हुनु । कुनै एक साथी माथी पुग्दा अर्कोलाई रिस पक्कै हुन्छ र यो कुरा जीवन र राजमा लागु नहोला भन्न सकिन्न ।

 

खैर जे होस् यि दुईको मित्रतामा कहिल्यै आँच नआओस् । हरेक दिनको समाप्ति सँगै यि दुईको मित्रता बलियो हुँदै जाओस् । फिल्मीखबरको शुभकामना !