मिति : २०८१ मंसिर १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कर छलेको आरोपमा गोपीकृष्णलाई फिल्म नदिने निर्णय

फिल्मीखबर, काठमाण्डौ, 2011/11/03

नेपालको ठूलो हल मध्येको एक गोपीकृष्ण हलमा चलचित्र 'मलाई मन पर्‍यो' नचलाईने भएको छ । चलचित्रका निर्माता रमेशजंग रायमाझीले गोपीकृष्ण मुभिजले कर छलेको आरोप लगाउँदै कर छल्नेलाई आफ्नो चलचित्र रिलिज गर्न नदिने निर्णय गरेका हुन् ।

 

चलचित्र 'नाइ नभन्नु ल' र 'मलाई मन पर्‍यो' का लागि लिएको क्यानको भ्याट बिल अझै नदिएको र नाइ नभन्नु ल चलचित्रको रिलिज पछि आएको केहि रकम पनि चुक्ता नगरेको भन्दै निर्माता रायमाझीले गोपीकृष्णलाई फिल्म दिन नखोजेको बताए । उनले भने, 'जब सम्म भ्याट बिल पाउँदिन तबसम्म गोपीकृष्णसँग म कुनै कारोबार गर्दिन ।' कर छल्नु कानुनी रूपले ठूलो अपराध रहेको भन्दै निर्माता रायमाझीले यसरी कर छल्न खोजेकाले यस्तो निर्णय लिएको बताए ।

 

निर्माता रायमाझीले चलचित्र 'नाइ नभन्नु ल' को क्यान सहित अन्य खर्च १४ लाख रहेको र 'मलाई मन पर्‍यो' को करिब साढे सात लाख रहेको भन्दै सो रकमको भ्याट बिल माग्दा नदिए पछि यस्तो कदम उठाएको बताए । उनले भने, 'अरु निर्माता ठगिए जसरी म ठगिन चाहान्न । आर्थिक कारोबारमा मलाई त भ्याट बिल चाहिन्छ ।' त्यस्तै निर्माता रायमाझीले केहि दिन अगाडी गोपीकृष्णले आफूलाई १४ लाखको बाउन्स चेक समेत दिएको बताए । गोपीकृष्ण मात्र हैन कर छल्ने जुनसुकै संघसंस्थासँग आफूले आर्थिक कारोबार नगर्ने यि निर्माताको भनाई छ ।

 

गोपीकृष्णले भ्याट बिल दिएको नदिएको कुरा कत्तिको सत्य हो त्यो उसले नै जानोस् तर अधिकांश निर्माताहरूले गोपीकृष्णबाट आफ्ना चलचित्रको पैसा लिन बाँकी रहेको बताउँदै आएका छन् । काठमान्डौ उपत्यकामा बितरकका डन मानिने सुनिल मानन्धरले त गोपीकृष्णबाट ४० लाख भन्दा बढि रकम लिन बाँकि रहेको बुझिएको छ ।