मिति : २०८१ मंसिर १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

राजेश र करिष्माले गरे तारिफ

फिल्मीखबर, काठमाण्डौ, 2011/11/03

'चट्ट रुमाल क्यामालुम कोटैको खल्तीमा माफी हुन्छ क्यामालुम मायाको गल्तीमा...' चलचित्र आफ्नो मान्छेको यहि गीतका काराण गीतकारहरुको पंक्तिमा छुट्टै पहिचान बनाएका बाबुराम दाहाल 'फर्कि आऊ' चलचित्र मार्फत निर्माता पनि भएका छन् । कार्तिक २५ गते देखि देशब्यापी रिलिज हुन लागेको उनको सो चलचित्रमा राजेश हमालको साथमा निरूता सिंहले मुख्य भुमिका निर्वाह गरेकी छिन् ।

 

चलचित्र रिलिजको काउन्टडाउन सुरु भएपछी सो चलचित्रको प्रोमोशन क्याम्पियन स्वरुप बिहिबार साँझ अडियो लन्च गरियो  । समारोहमा अभिनेत्री करिश्मा मानन्धरले प्रमुख अतिथिको आसन ग्रहण गर्दै राजेश हमाल र पाईलट विकास राणाको साथमा सो चलचित्रको अडियो विमोचन गरेकी थिईन् । लजिम्पाटमा रहेको आफ्नो  पूरानो घरमा बाबुराम करिब डेढ दशकबढी बसेकाले करिश्माले उनलाई सवैभन्दा नजिकको भाईको रुपमा हेर्दै आएकी छिन् । जसकारण दीदी करिश्मालाई उनले अडियो विमोचनमा प्रमुख अतिथिको रुपमा निम्ताएका थिए ।

 

कार्यक्रममा भाईले सिनेमा निर्माण गरेको प्रति निकै खुशी देखिएकी क्यूट करिश्माले भनिन्, 'यो सिनेमाको प्रोमो पहिलो पटक हेर्दा नै  मैले फिल्मको तारिफ गरेकी थिएँ । आज मन खोलेर भन्छु अत्याधिक सफल होस मेरो भाईको फिल्म ।' उनले भाईलाई मात्र हैन आफ्नै समकक्षी नायक राजेश हमाललाई आफ्नो मन पर्ने भएको बताउँदै उनलाई पनि शुभकामना व्यक्त गरिन् । यस्तै करिश्माले पछिल्लो समय नयाँ ट्रेण्डका फिल्महरु निर्माण गरेको  भनिए पनि हेर्दा त्यस्तो केही नयाँ कुरा नपाएको भन्दै  फर्कि आऊबाट नेपाली दर्शकले पक्कै नयाँ कुरा पाउने विश्वास ब्यक्त गरिन् ।

 

कार्यक्रममा राजेश हमालले चलचित्र फर्कि आऊ बारेमा बोल्दै भने, 'निर्देशक ओम प्रतिकले  चलचित्रको २५ प्रतिशत स्क्रिप्ट सुनाउदा नै  यो फिल्म खेल्न म आकर्षित भएको थिएँ ।' विभिन्न मूलुकको भ्रमणका कारण रुघाखोकीले सिकिस्त हुदै कार्यक्रममा उपस्थित भएका  हमालले चलचित्रको स्क्रिप्ट अत्यन्त मजबुत भएकाले सिनेमा पनि सोचे अनुरुप बनेको दावी समेत गरे । ओम प्रतिककै लेखन निर्देशन रहेको सो चलचित्रलाई हमालले कुखुराले राम्रोसंग ओथारा बसेर चल्ला कोरले झै फर्कि आऊ पनि त्यसैगरी जन्मिएको धारणा ब्यक्त गरे ।

 

कार्यक्रममा बताईए अनुसार प्रेमिकाले प्रेमिलाई फर्कि आऊ भनेको, त्यसैगरी देश छोडेर गएको छोरालाई आमाले फर्कि आऊ भनेको र युद्धमा गएको ब्यक्तिलाई शान्तिमा फर्कि आऊ भनेको कथा चलचित्रमा तयार समावेश गरिएको छ  । जसकारण यो चलचित्रलाई युद्धमा जन्मिएको प्रेम कथाको रुपमा पनि परिभाषित गरिएको छ । ओम प्रतिक 'तिम्रो माया ९९ मेरो माया १००' निर्देशन गरेको  ९ बर्ष पश्चात 'फर्कि आऊ' बाट पुनः निर्देशनमा फर्किएका हुन् । उनले रोल्पामा जन्मिएको जनयुद्धको कथाबाट फिल्मको कथा सुरु हुने भन्दै चलचित्रको शिर्षक पनि हरेक बिषयबस्तुसंग मेल खानेगरी राखिएको बताए ।

 

पर्वत फिल्मसको ब्यानरमा निर्माण भएको सो चलचित्रमा राम पौडेलको पनि लगानी रहेको छ  । चलचित्रमा लगानी गरेपछी हिरो हुने ट्रेण्डलाई यथावत राख्दै निर्माता पौडेलले पनि सो चलचित्रको  एक प्रमुख पात्रको भूमिकामा अभिनय गरेका छन् । राजु विक्रम थापाको छायाकंन, रोशन श्रेष्ठको द्धन्द, बसन्त श्रेष्ठको नृत्य निर्देशन रहेको सो चलचित्रमा अडियो विमोचनका बेहुला अर्थात संगीतकार आलोक श्री भने उपस्थित थिएनन् । चलचित्रमा चार गीत समावेश छ । जसमा उदित नारायण झा, रामकृष्ण ढकाल, मल्लिका कार्की, दीपक लिम्बु  तथा रुपक डोटेलले स्वर दिएका छन् । ती गितहरुलाई निर्देशक प्रतिक र  निर्माता दाहालले लेखेका हुन् ।