मिति : २०८१ मंसिर १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मेरो यात्रालाई नारी पात्रले झेल्छ जस्तो लागेन : राजेश हमाल

फिल्मीखबर, काठमाण्डौ, 2011/11/04

एक महिने विभिन्न देशको भ्रमण गरेर गत सोमबार नेपाल फर्किएका महानायक राजेश हमाल प्रेमिकासंग रोमान्स गर्न निस्किएको भनेर विभिन्न खबरहरु सार्वजनिक भए पनि उनले सो खबरलाई गलत भनेका छन् ।

 

नेपाल फर्किएको दुई दिन पश्चात पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिएका  हमाललाई  फिल्मीखबरले तपाई गर्लफ्रेन्डसंग भ्रमणमा निस्कनु भएको भन्ने खबरहरु सत्य हो ? भनी प्रश्न गर्दा उनले भने, 'रोचक यात्रीको हिसावले भ्रमणमा निस्किएकाले मेरो यात्रालाई  नारी पात्रले झेल्छ जस्तो लागेन । त्यसैले उनी नगएकै राम्रो भयो ।'

 

हमाल दशैको अष्टमीको दिन दुई दीदीको हातबाट टीका लगाउन अमेरिका गएका थिए । यस्तै उनी अमेरिकामा थिए वा बैकंकमा थिए भन्ने बिषयमा पनि विभिन्न गसिप आईरहेको बेला उनले सो कुरालाई पनि  खुलस्त पारेका छन् । उनले भने, 'म ९ दिन अमेरिका बसे त्यसपछी बैङकक गएँ तर बैङकक पुग्दा बाढी आएकाले म बर्मा  र चाईनाको छेउका ग्रामिण भेग सम्म पुगे । जुन यात्रा मेरा लागि निकै अविस्मरिणय रह्यो । उनले ग्रमिण भेगका बर्मेली नागरिकहरुका तस्बिर र सुन्दर घरहरुलाई क्यामेरामा कैद गर्न समेत भ्याएको बताए । 

 

'शहर आधुनिकताले भरिएकाले मैले गाउँ घुम्ने योजना बनाए जुन केही कठिन थियो जसकारण गर्लफ्रेन्ड लगेको भए ब्रेकअप नै हुन्थ्यो होला', उनले भने । नेपालमा रहदा सहयोगी विना दुई पाईला अगाडी नसार्ने हमालले गाईड विना नै एक महिने भ्रमण सकेकोमा उनी आफै अचम्मित थिए । उनले आफ्ना मामा दीपक रायमाझीको निधनको खबर पनि थाईल्याण्ड हुदा थाहा पाएको बताए । जसकारण उनले त्यो भ्रमणको यात्रामा एक छाक नुन समेत बारेको बताए ।  तर मामाको मृत्यु रहस्यमय भएको भन्ने खबरबाट उनी केही विचलित भएका थिए रे ।

 

मामाको मृत्युलाई  रहस्यमय भनी फिल्मीखबरले भनिदिएपछी सोही दिन आफ्नो मनमा बेचईन भएको उनले बताए ।  रायमाझीको मृत्युको खबरलाई फिल्मीखबरले सर्वप्रथम रहस्यमय भनी लेखेको थियो । यसैगरी विहिबार निस्कने एक साप्ताहिक पत्रिकाले पनि उनका मामा रायमाझीको निधनलाई रहस्यमय भनी लेखिदिएको कारण पनि आफू झन स्तब्ध भएको उनले बताए ।  उनले भने. 'म मामाको घर जान पाएको छैन त्यसैले भोली बिहान सम्ममा गएर घटनाको बारेमा आफै बुझ्ने छु ।'

 

स्वर्गीय निर्देशक रायमाझी उनको आमाको मामाको छोरा हुन् ।  यस्तै उनले दीपक रायमाझी नभएको भए आफू यो अवस्थामा आई नपुग्ने पनि बताएका छन् । हमाल दीपक रायमाझीको चलचित्र युग देखि युग सम्मबाट कलिउड डेब्यू गरेका हुन् ।