मिति : २०८१ मंसिर १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

छि...! फोहोरी राजेश हमाल

फिल्मीखबर, काठमाण्डौ, 2011/11/04

दुवै हातको दशवटा औलामा नारीले नङ पाल्दा त्यो सुन्दर नै देखिन्छ किन कि अधिकांश नारीहरूले नङ पाल्छन् र उनीहरूको सुन्दरतामा निखार पनि आउँछ । तर बढ्दै गैरहेको फेसनलाई पच्छ्यादै पुरूषहरूले पनि हातका केही औलामा नङ पाल्ने गरेका छन् ।  जुन फेसनको रूपमा हेर्दा  राम्रै देखिन्छ । तर भद्र  भलादमीले परिचित सुपरस्टार राजेश हमालले दुई हातको दश औलाको नङ नकाटेको देख्दा फिल्मीखबर केही अचम्ममा पर्‍यो ।

 
एक महिना विदेश भ्रमण सकी बिहिबार एक फिल्मी कार्यक्रममा भेटिएका हमालको नङ यति लामो थियो कि जसकारण कार्यक्रम स्थलको एक लवीमा सञ्चारकर्मीसंग गफिदै गर्दा उनले हातका औलाहरूलाई  बारम्बार लुकाउन खेजिरहेका थिए ।  सायद कुनै सहयोगी विना एक महिने भ्रमण निस्कदा आफ्नो शरिरको केयरिङ गर्न नजानेर वा अरूनै कारणले तर उनको नङ निकै लामो थिए  ।
 
सवै औलाका लामा नङले उनको पर्सनालिटीको स्तर घटेको फिल्मीखबरले महसुस गरेको छ । यस  अघिका विभिन्न भेटमा उनका हातका नङहरू सधै काटिएका हुन्थे र सफा पनि तर हिजोको भेटमा नङ लामो भएपछी उनको हात  फोहर देखिएको थियो । किन कि उनका निकै लामा नङका टुप्पामा पहेलो दागहरू थिए ।
 
गर्लफ्रेण्ड विनानै भ्रमणमा निस्किएको बताएका हमाललाई आखिर के को ब्यस्ता थियो जसकारण उनले नङ काट्ने फुर्सद पनि पाएनन् ?