मिति : २०८१ मंसिर १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सरकार प्रति असन्तुष्ट गुरूङ

सन्जोक बस्याल, पोखरा, 2011/11/04

पोखरालाई फिल्म सिटि घोषणा गर्दा सरकारले स्थानिय व्यक्तिहरूसँग छलफल नगरेकोमा चलचित्र निर्देशक माओत्से गुरुङले गुनासो गरेका छन् । पोखरेली कलाकार, संगितकर्मी, बुद्धिजिवी लगायतसंग छलफल गर्नु पर्नेमा त्यस्तो केहि नगरेको गुरुङले बताए ।


फिल्म सिटि घोषणा गरे पनि कार्यान्वयन प्रक्रियामा ढिलाई गरेको उनको भनाई छ । पोखरालाई फिल्म सिटि घोषणा गर्नु भन्दा पहिला यहाँको बारेमा सरकारले अध्ययन गर्नुपर्ने गुरुङको धारणा छ । सरकारले सबै जनासंग छलफल गरेर काम अगाडी बढाएको भए कार्यान्वयनमा ढिलाई नहुने भन्दै गुरुङले पोखरालाई फिल्म सिटिको रुपमा घोषणा गर्दा आफुलाई समेत जानकारी नभएको बताए ।


'पोखरालाई फिल्म सिटिकॊ रुपमा विकास गर्न सरकारले आवश्यक पुर्वाधार यहिँ उपलब्ध गराउनु पर्छ', गुरुङले भने, 'अनि मात्र पोखरालाई चलचित्र नगरीको रुपमा विकास गर्न सकिन्छ ।' पोखराबाट चलचित्र निर्माण गर्दा राजधानी धाउनु पर्ने बाध्यता अझै पनि रहेको उनको तर्क छ । पोखरालाई चलचित्र नगरीको रुपमा विकास गर्न सबै लाग्नु पर्ने खाँचो औल्याउँदै गुरुङले यसका लागी यहाँका व्यवसायी साचारकर्मी र कलाकारहरुले संयुक्त रुपमा दबाब दिनुपर्नेमा जोड दिए ।


गुरुङले केहि चलचित्रकर्मीले बिदेशी चलचित्रको नक्कल गर्नाले मौलिक सस्कृति नै लोप हुन सक्ने खतरा रहेको टिप्पणी गरे । सबैले नेपाली संस्कृतिलाई संरक्षण गर्ने खालको चलचित्र निर्माण गर्ने हो भने दर्शकले नेपाली चलचित्रलाई माया गर्ने उनको भनाई छ । पोखरामा अन्तर्राष्ट्रिय स्तरको चलचित्र महोत्सवको आयोजना गर्नुपर्ने खाँचो औल्याउँदै गुरुङले आदीवासी चलचित्रले पछिल्लो समय संस्कृति र नेपालको रहन सहनलाई टिकाई राखेको बताए ।   


चलचित्र बनाउनु भन्दा पनि चलचित्र निर्माण गर्दा सबैले आफनो भाषा र संस्कृति बिस्रन नहुने उनले उल्लेख गरे । गुरुङले निर्माण गरेको गुरुङ भाषाको चलचित्र 'कृपा' ले गुरुङ ईतिहासमा नै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको पुरस्कार पाउन सफल भएको थियो ।