सुटिङ प्याकअप हुनका लागि २० प्रतिशत काम बाँकि रहेको अवस्थामा अचानक निर्देशक दीपक रायमाझीको निधन भएपछी चलचित्र डेष्टिनेशन काठमाण्डूको बाँकि काम पूरा नहुने संकेत देखिएको छ । मूर्हतको बेला देखिनै विभिन्न लफडामा परेको उक्त चलचित्रको बाँकि छायाकंन अष्ट्रेलियामा गरिने तयारी भैरहेको अवस्थामा प्रोड्यूसर महेश कुवँर, शरद अधिकारी तथा गणेश केसी बीच खटपटी उत्पन्न भएपछि यस्तो संकेत देखिएको बुझिएको छ ।
क्याप्टेन रायमाझीको निधन भएकै लगत्तै सो चलचित्रको छायाकंन चिफ असिस्टेन्ट डिरेक्टर मधु भट्टराईले गर्ने भनिए पनि उनी आफैले निर्देशन गरिरहेको चलचित्र ब्ल्याकमेल ब्यस्त भएपछी सो चलचित्रको बाँकि छायाकंन कहिले पूरा हुने भन्ने विषय अन्योलमा रहेको प्रोडक्सन डिजाईनर समेत रहेकी कलाकार सुष्मा कार्कीले जानकारी दिईन् ।
सुष्माका अनुसार निर्माताहरुको लफडामा आफ्नो तर्फबाट पनि करिब १३ लाख चलचित्रका लागि खर्च भैसकेको जानकारी दिएकी छिन् । उनका अनुसार महेश कुवँर र शरद अधिकारी डेष्टीनेशन काठमाण्डू पूरा नगर्ने मनशायमा छन् । शरदले डेष्टीनेशन काठमाण्डूका चिफ असिस्टेन डिरेक्टर मधु भट्टराईलाई लिएर नयाँ चलचित्र ब्ल्याकमेल निर्माण गरिरहेका छन् । यस्तै पहिलो चलचित्रको काम पूरा नभई दोस्रोमा उनले किन हात हाले भन्ने कुरा समेत आफूले नबुझेको सुष्माले बताएकी छिन् ।
'उनीहरुको चालामाला हेर्दा फिल्म पूरा नहोला जस्तो छ, तर अष्ट्रेलियामा रहेका अर्का निर्माता गणेश केसी कुनै पनि हालतमा फिल्मको निर्माण गर्ने पक्षमा छन् ' सुष्माले भनिन् । तर दुई निर्माता साथीले फिल्म पूरा गर्न चासो नदिएपछी निर्माता गणेश केसी पनि केही लच्किएको बताईएको छ । सो चलचित्रमा अष्ट्रेलियन हिरोईन साराह मावे मुख्य भूमिकामा रहेकाले तथा चलचित्रको कथा अनुरुप बाँकि छायाकंन अष्ट्रेलियामै गर्ने स्क्रिप्टको डिमान्ड अनुरुप बाँकि छायाकंनका लागि अझै ३० लाख लाग्ने बताईएको छ ।
चलचित्रको छायाकंन अष्ट्रेलियामा गर्ने तयारी पनि पछिल्लो समय भएको थियो जसका लागि युनिटका १५ जना सदस्यको भिसा प्रोसेस समेत भैसकेको थियो । चलचित्रमा दिलिप रायमाझी, झरना थापा, सुभेच्छा थापा, आरपी पन्त लगायतको अभिनय रहेको छ ।